IME Life

प्रदेश नम्बर एकका मुख्यमन्त्रीसँग समिति, बीमा सम्बन्धी कार्यक्रम ल्याउने प्रतिवद्धता

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले आइतबार प्रदेश नम्बर एकका मुख्यमन्त्री तथा प्रदेश मन्त्रीहरु र सरोकारवाल निकायका पदाधिकारीहरु सँग प्रदेश सरकार र बीमा विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले प्रदेश सरकारसँगको छलफल गर्ने क्रमलाई निरन्तरता दिँदै सोमबार प्रदेश एकको विराटनगरमा आयोजना गरिएको हो । कार्यक्रममा समितिका पदाधिकारीहरुले बीमा सम्बन्धी प्रस्तुतिकरण दिएका थिए । प्रस्तुतिकरण पछि छलफल सत्रमा उठेका प्रश्नहरुको जवाफ भने अध्यक्ष सूर्यप्रसाद सिलवालले दिएका थिए ।

Prabhu
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको बजेट सीमित भएकाले शुरुवाती चरणमा भए पनि जनतासँग प्रत्यक्ष जोडिएका सम्पत्ति लगायतका विभिन्न बीमा गर्न प्रोत्साहित गर्ने खालका कार्यक्रमहरु ल्याउने बताए ।

उनले बीमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि विद्यालयका पाठ्यक्रममा बीमा विषयलाई पनि समावेश गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने  जानकारी दिए । मुख्यमन्त्री राईले जनताले बीमा गरेपछि कुनै कारणले आवश्यक प्रमाण जुटाउन ढिलाई भए पनि बीमा दाबी गर्नबाट बन्चित नहुने व्यवस्था गर्नुपर्ने बताए ।

बीमाप्रतिको जनताको आकर्षणलाई अझ व्यापक तुल्याउन बीमासम्बन्धी जनचेतना अभिवृद्धिका कार्यक्रमहरु संचालनमा जोड दिनुपर्ने आवश्यकता समेत उनले औंल्याएका थिए । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले देशका विभिन्न स्थानमा बीमा कम्पनीहरुबाट भइरहेका कामको अनुगमन गर्न केन्द्रबाट समस्या परेकाले पहिलो चरणमा कम्तीमा तीनवटा प्रदेशमा बीमा समितिको प्रदेश कार्यालय  स्थापनाका लागि तयारी गर्न लागिएको  जानकारी दिए ।

उनले देशमा बीमा व्यवसायलाई स्वच्छ, प्रतिस्पर्धी र विश्वसनीय बनाउन बीमा समिति प्रतिवद्ध रहेको उल्लेख गर्दै जनताको बीमाको रकम सुरक्षित हुनुपर्छ र बीमा दाबीको भुक्तानी समयमै हुनुपर्छ भन्नेमा समिति दृढ रहेको बताए ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमा गर्न आनाकानी गर्ने गरेको, गाई भैंसीको कम मूल्य राखेर बीमा गर्ने गरेको, कृषि तथा पशुपालन गर्नका लागि तयार गरिएको भैतिक संरचनाको बीमा सोही बीमा अन्तर्गत गर्ने नगरिएको, सर्वसाधारणले समयमा बीमा दाबी नपाएको लगायतका गुनासो गरेका थिए ।

कार्यक्रमको संचालन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव सरोज प्रसाद गुरागाईले गरेका थिए भने समितिका निर्देशक सुशील देव सुवेदीले बीमा समितिको तर्फबाट बीमा सम्बन्धी प्रस्तुतिकरण दिएका थिए । कार्यक्रममा प्रदेश नं. १ का मन्त्री, राज्यमन्त्री, प्रदेश सचिव, बीमा समितिका कार्यकारी निर्देशक तथा निर्देशक, विभिन्न सरकारी निकायका पदाधिकारी तथा बीमा कम्पनीका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS