काठमाडौं । लुम्बिनी विकास बैंकले पुस ९ गते १४ औ वार्षिक साधारणसभा डाकेको छ । बैंकले भर्चुअल माध्यमबाट साधारणसभा आयोजना गर्ने भएको हो । शेयरधनीहरुलाई जुम मिटिङ मार्फत जोड्ने बैंकले जनाएको छ ।
साधारणसभाले सञ्चालक समितिले यस अगाडी पेश गरेको १३ प्रतिशत बोनश शेयर वितरणको विशेष प्रस्तावलाई पारित गर्ने छ । त्यस्तै गत आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्ने साधारण प्रस्ताव रहेको छ ।
बैंकको हालको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ । प्रस्तावित लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी तीन अर्ब २८ करोड रुपैयाँ पुग्नेछ । यसले गर्दा बैंकको चुक्ता पूँजी अधिकृत पूँजी बढ्ने भएकाले प्रवन्धपत्र संसोधनको प्रस्ताव पनि पेश गरिनेछ ।
अन्य कुनै उपयुक्त बैंक वित्तीय संस्थाहरु गाभ्ने गाभिने प्रयोजनका लागि सम्पुर्ण अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पनि साधारणभा पेश गरिने भएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि मंसिर २७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् ।