IME Life

काभ्रेको तेमाल र सिन्धुपाल्चोकको चौतारामा बीमा समितिको जनचेतनामुलक कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्लाको चौतारा साँघाचोकगढी नगरपालिकामा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका निर्देशक कमल रेग्मीको संयोजकत्वमा सम्पन्न भएको यस कार्यक्रममा सहायक निर्देशक पुर्ण बहादुर थापा र सहायक प्रथम श्याम सुन्दर नगरकोटीको सहभागिता रहेको थियो ।

Prabhu
Crest

निर्देशक रेग्मीले दुबै कार्यक्रममा बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुती दिएका थिए । उनले स्थानीय निकायहरुलाई आफ्नो सेवा सुविधामा बीमालाई पनि टाइअप गर्न अनुरोध गरेका छन् ।

तेमाल गाउँपालिकामा अध्यक्ष सलाम सिं तामाङ, उपाध्यक्ष दुर्गा माया तामाङ, सम्पुर्ण वडाका जनप्रतिनिधिहरु, कृषक, व्यवसायी सहित ७० जना भन्दा धेरैको सहभागिता थियो । यस क्षेत्रका बासिन्दामा बीमा सम्बन्धी त्यति धेरै ज्ञान नभएको पाइएको छ ।

त्यस्तै सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिकामा पनि मेयर अमान सिं तामाङ, उपमेयर जानुका पराजुली, सम्पुर्ण वडाका जनप्रतिनिधिहरु, व्यवसायी, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरु, स्थानीय कृषकहरु सहित ८० भन्दा धेरैको सहभागिता थियो ।

यस नगरपालिकाका मेयर तामाङले समितिको अनुरोधलाई स्वीकार गर्दै आफ्नो क्षेत्रमा पनि बीमाका लागि आवस्यक बजेट छुट्टाएउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै सहभागीहरुले कृषि बीमा, कोरोना बीमा, दाबी भुक्तानीको विषयमा प्रश्न गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS