IME Life

ठुला लगानीकर्ताले शेयर बिक्री गर्दा बजारमा पहिरो, अर्को साता के होला ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो त्रैमाशिक मौद्रिक नीतिको समिक्षामा शेयर धितोकर्जामा लगाएको ४/१२ करोड रुपैयाँको सिमालाई संवोधन नगरे सँगै ठुला लगानीकर्ताहरुले शेयर बिक्री गर्दा बजारमा पहिरो गएको छ । मौद्रिक समिक्षामा यो विषयलाई संवोधन नगर्ने कुरा बाहिरिए एता दोस्रो बजारमा २३५ अंकको पहिरो गएको छ । साताको अन्तिम दिन आज नेप्से सूचक ४९.०४ अंकले घटेर २५८४.६१ अंकमा रोकिएको छ । आज सम्पुर्ण सूचक तथा उपसूचक घटेका छन् ।

Prabhu
Crest

पछिल्लो समय जलविद्युत कम्पनीको शेयर मूल्यमा जुन किसिमको सुधार भएको थियो यस अवधिमा ठुला लगानीकर्ताले शेयर बिक्री गरेर बाहिरिएका छन् । यसरी जलविद्युत कम्पनीका संस्थापकहरुले नै शेयर बिक्री गरेर बाहिरिदा दोस्रो बजारको तरलतामा ह्रास आएको छ ।

अर्को तर्फ मौद्रिक समिक्षाले ४/१२ को सिमा हटाउने आशामा शेयर बिक्री नगरि बसेका लगानीकर्ताहरुले पछिल्लो समय शेयर बिक्री गर्न थालेका छन् । शेयर बजारमा अव बजार वियरिस ट्रेण्डमा अगाडी बढ्यो भन्ने हल्लाले पनि राम्रो काम गरेको छ । त्यसैले गर्दा कतिपय लगानीकर्ताहरुले आत्तीएर शेयर बिक्री गरेर बाहिरहेका छन् ।

शेयर बजार ३२०० पुगेर २४०० सम्म तल झर्यो । त्यस पछिका विभिन्न उचारचढावमा अधिकाम्स लगानीकर्ताहरु शेयर बिक्री गरेर बाहिरिएका छन् । शेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताहरु बजार प्रवेश गरेका छैनन् । यसले गर्दा शेयर बजारकै तरलता घटिरहेको छ । दोस्रो बजारमा हिजोका दिनमा जुन किसिमको कारोबार भयो त्यस पछि लगानीकर्ताहरु थप आत्तीएका छन् । दिन दिनै कारोबार रकम खुम्चिदै गर्दा बैंकिङ तरलता सँग सँगै शेयर बजारको तरलता पनि घटिरहेको छ ।

बैंकहरुले पछिल्लो समय नयाँ कर्जा प्रवाह गर्नै सकेका छैनन् । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको समस्याले पनि शेयर बजारलाई सबैभन्दा धेरै प्रभाव पारेको छ । यस अवधिमा दोस्रो बजारका प्रमुख खेडाली ब्रोकरहरु लगभग निष्क्रिय छन् । उनिहरुको निष्क्रियता सँगै कारोबार रकममा गिरावट आइरहेको छ ।

आगामी सातामा के होला ?

विगत दुई हप्ताको अवधिमा शेयर बजार लगभग २४० अंकले तल झर्यो । बजार जति तल झरेको छ बढ्ने सम्भावना पनि उत्तीकै छ । बजारमा सिथिलता पक्कै आएको छ । तर बजार सुधार हुने केहि आधारहरु अझै पनि बाँकी रहेको हुँदा कुनै पनि बेलामा ठुला लगानीकर्ताहरु पस्ने सम्भावना उत्तीकै छ । अहिले राजनीतिक पार्टीहरु अधिवेशनमा व्यवस्थ छन् । उनिहरुको अभिवेशन सकिने वित्तीकै देश चुनावी माहोलमा प्रवेश गर्नेछ । चुनावले शेयर बजारलाई राम्रो साथ दिने भएकाले बजार सुधार हुने आधार अझै एक तहसम्म बलियो रहेको हुँदा बजार तल झरे पनि कतिपय ठुला लगानीकर्ताहरु शेयर बिक्रि नगरी बसेका छन् । यस अवधिमा अल्पकालिन लगानीकर्ताका कारण बजारमा पहिरो गए पनि बजार सुधारको सानो संकेत देखिने वित्तीकै साना, ठुला, अल्पकालिन दिर्घकालिन सबै किसिमका लगानीकर्ताहरु सक्रिय रहेन देखिन्छ ।

यसका साथै मौद्रिक नीतिको ४/१२ को ह्याङओभर पनि अर्को सातादेखि लगभग अन्त्य हुने छ । नेपाल राष्ट्र बैंकले तरलताको विषयमा केहि ठोस निर्णयहरु गर्न सक्ने आकलन गरिएको छ । अर्को तर्फ एनआरएनहरुको निक्षेप भित्र्याउन नेपाल राष्ट्र बैंकले धेरै सरलता अपनाएको हुँदा विदेशिएका नेपालीहरुले बचतको रुपमा नेपालमा पैसा ल्याए भने केहि हदसम्म तरलतालाई साथ दिने देखिन्छ ।

अर्को तर्फ बजार सुधार हुने संकेत देखियो भने भोलिका दिनमा दोहोरो अंकले बढ्ने देखिन्छ । दोस्रो बजारमा सूचिकृत अधिकाम्स कम्पनीहरुको हालको बजार मूल्य १८० दिनको औषत मूल्य भन्दा तल झरिसकेको हुँदा लगानीकर्ताहरुले अवसरको रुपमा हेर्न सक्ने सम्भावना पनि उत्तीकै रहन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS