भोलिसम्म शेयर किन्नेले शाइन रेसुङ्गाको प्रस्तावित लाभांश पाउने

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । बै.कले साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गतेदेखि मंसिर २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंसिर १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले आफ्नो १३औं वार्षिक साधारण सभा मंसिर २९ गते गर्ने भएको छ । सभा महाराजा रिसोर्ट, बुटवल उपमहानगरपालिका ११, रुपन्देहीमा बिहान ११ बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १० दशमलव ९३ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको संख्या र समूहगत प्रतिनिधित्वमा परिवर्तन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब नगद प्रवाहका साथै, जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार