IME Life

बाग्मती प्रदेशका मुख्यमन्त्री सँग बीमा समिति, सरकारलाई बीमा सम्बन्धी कार्यक्रम लागु गर्न अनुरोध

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बाग्मती प्रदेशमा ‘बीमा समितिसँग प्रदेश सरकार’ विषयक अन्तर्क्रिया एवं छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

Prabhu
Crest

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका प्रमुख सचिव किरणराज शर्मा, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनिराम शर्मा, सचिव यमलाल भुषाल लगायतको उपस्थिति थियो । त्यस्तै बीमा समितिको तर्फबाट कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशिलदेव सुवेदी, सहायक निर्देशक केदार नाथ भट्टको उपस्थिति रहेको थियो । त्यस्तै जीवन बीमा कम्पनीको तर्फबाट सिटिजन लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र आइएमई जनरलका प्रमुख कार्यकारी अधिकृत योगेश भक्त बादे श्रेष्ठको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन बैठक तथा प्रशासन महाशाखाका सचिव यमलाल भुषालले गरेका थिए ।

निर्देशक सुवेदीले बीमा सम्बन्धी जानकारीमुलक विषयवस्तुमा प्रस्तुतिकरण दिएका थिए । बीमा समितिको संरचना तथा कार्यहरुको वारेमा प्रदेश स्तरका उच्च अधिकारीहरुलाई जानकारी दिइएको थियो । समितिका पदाधिकारीहरुले प्रदेशले बीमा सम्बन्धी के के गर्न सक्छ, प्रदेशले तत्काल गर्न सक्ने कुराहरु के के हुन् र बीमा समितिले यसका लागि के के सहयोग गर्न सक्छ भन्ने जानकारी दिएका थिए ।

बीमा समितिले प्रदेश सरकारलाई दुर्घटना बीमा र सम्पत्ती बीमा सम्बन्धी कार्यहरु तत्काल गर्न सक्ने भन्दै यसका लागि अगाडी बढ्न अनुरोध समेत गरेको थियो । यसका साथै प्रदेश सरकारले कृषि, बालि तथा पशुपन्छी बीमामा पनि धेरै काम गर्न सक्ने तर्फ पनि जोड दिइएको थियो ।

यसका लागि प्रदेश सरकारले विभिन्न मोडलहरु पनि सुझाएको छ । यदि प्रदेश सरकारले चाह्यो भने करमा बीमालाई टाइअप गरेर अगाडी बढाउन सकिने बीमा समितिको धारणा थियो । ‍त्यस्तै बीमाका लागि प्रदेश सरकार आफैले बजेट दिएर पनि लागु गर्न सक्ने कुरालाई जोड दिइएको थियो । अध्यक्ष सिलवालले प्रदेश सरकारलाई बीमा नीति बनाएर बीमाको क्षेत्र फराकिलो बनाउन समेत अनुरोध गरेका छन् ।

मुख्यमन्त्रीले पनि बीमा कम्पनीहरुको दाबीको विषयमा प्रश्न गरेका थिए । यसमा सर्भेयरको भुमिकालाई लिएर उनले प्रश्न समेत गरेका थिए ।

कार्यक्रममा सहभागीहरु मध्ये अधिकाम्सले बीमा समितिको नियामकीय भुमिकालाई बलियो बनाउन सुझाव समेत दिएका छन् । सहभागीहरुले नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बीमाको दुरुपयोग भइरहेको भन्दै यसमा बीमा समितिको के कस्तो भुमिका रहन सक्छ भन्दै प्रश्न उठेको थियो ।

बीमा समितिका पदाधिकारीहरुले यो बीमा समितिको क्षेत्राधिकार भन्दा बाहिर रहेको हुँदा समितिले केहि पनि गर्न नसक्ने भन्दै जवाफ दिएको छ । यदि भोलिका दिनमा ऐन संसोधन भएर समितिको क्षेत्राधिकार भित्र आयो भने समितिले हेर्न होइन भने यस विषयमा सरकारले पनि सोच्नु पर्ने अध्यक्ष सिलवालको जवाफ थियो ।

कार्यक्रममा निम्न वर्गलाई पनि बीमाको वारेमा बुझाउनु पर्ने भन्दै आवाज उठेको थियो । प्रदेश स्तरका अधिकाम्स सचिव तथा प्रमुख सचिवहरुले अध्यक्ष सिलवालको हिजोका दिनमा रहेको नेतृत्वदायी भुमिका बीमा समितिमा पनि देखाउन सुझाव दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS