IME Life

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम ३ अर्ब ८ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ६४ अंकले घटेर २,६२८ दशमलव ३७ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, ट्रेडिङ, होटल्स एण्ड टुरिजम, उत्पादनमुलक, माइक्रोफाइनान्स, जीवन बीमा र इन्भेष्टमेन्ट उपसूचक घटेका छन् ।

आज ८९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ८६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज २२५ वटा कम्पनीको ६४ लाख ४७ हजार ४४९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ९० लाख ४१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको १६ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, महालक्ष्मी विकास बैंकको १३ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टीलरीको १० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको ७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामलिङ पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाउका छन् । न्यादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै इन्फीनिटी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगान्कर्ताले ४ दशमलव ७७ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS