IME Life

प्रथम बीमा शुल्क आर्जनमा रिलायबल र सिटिजन लाइफ थप आक्रामक, पुरानालाई टक्कर दिदै

SPIL
NIC ASIA

काठमाडौं । प्रथम बीमा शुल्क आर्जनमा नयाँ जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी थप आक्रामक बनेका छन् । दुबैले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा प्रथम बीमा शुल्क आर्जन मात्रै ८६ करोड रुपैयाँ नघाउन सफल भएका छन् ।

कार्तिक महिनासम्ममा १९ जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । उनिहरुले कार्तिक एक महिनामा मात्रै भने २ अर्ब ९१ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

Prabhu
Crest

यस अवधिमा सबैभन्दा धेरै प्रथम बीमा शुल्क आर्जन नेपाल लाइफले २ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेको छ । प्रथम बीमा शुल्क आर्जनका हिसावले नेपाल लाइफको बजार हिस्सा १८ प्रतिशतमा खुम्चिएको छ । जवकी समग्र व्यवसायमा नेपाल लाइफको बजार हिस्सा २५.९७ प्रतिशत रहेको छ । यहि हिसावले कम्पनी अगाडी बढ्ने हो भने बजार हिस्सा आगामी दिनमा थप खुम्चिने देखिन्छ । हिजोका दिनमा ५/७ वटा कम्पनी बराबरको बजार नेपाल लाइफ एक्लैले गर्दै आएकोमा अहिले दुई वटा कम्पनीको जति पनि छैन । यसले पनि कमजोर भएको पुष्ठी हुन्छ ।

दोस्रो नम्बरमा रहेको नेशनल लाइफले चार महिनाको अवधिमा एक अर्ब ४८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ भने कार्तिक महिनामा मात्रै भने ३६ करोड ५८ लाख रुपैयाँ आर्जन गरेको छ । तेस्रो नम्बरमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसनले चार महिनामा ९३ करोड ३८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

चौथो, पाँचौ र छैठौ नम्बरमा भने नयाँ जीवन बीमा कम्पनीहरु क्रमश रिलायबल नेपाल, सिटिजन लाइफ र युनियन लाइफ छन् । विगतका वर्षमा नयाँ मध्ये सर्वाधिक आक्रामक व्यवसाय गर्दै आएको युनियन पछिल्लो समय खस्किएको छ । जसले गर्दा अरु कम्पनीले उछिनिरहेको छ ।

कार्तिक महिनामा प्रथम बीमा शुल्क आर्जन गर्नेहरुमा सबैभन्दा पुच्छारमा पुरानो कम्पनी गुराँस लाइफ रहेको छ । प्रमुख कार्यकारी अधिकृतलाई हटाउने तथा नयाँ नियुक्ति गर्ने खेलमा लागेको गुराँसको व्यवसाय भने खुम्चिएको छ । जसले गर्दा प्रथम बीमा शुल्क आर्जन तर्फ गुराँसको स्थान सबैभन्दा कम छ । यस अवधिमा कम्पनीले जम्मा २२ करोड ८७ लाख रुपैयाँको व्यवसाय भित्र्याएको छ अझ कार्तिक एक महिनामा मात्रै हेर्ने हो भने जम्मा चार करोड १७ लाख रुपैयाँ मात्रै छ ।

कुनको कति र हिस्सा सहित तलको सूचि हेर्नुहोस् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS