IME Life

जीवन बीमा पोलिसी २६ % ले बढ्दा निर्जीवन ३४ % ले बढ्यो, यस्तो छ एक वर्षमा बीमाको प्रगति विवरण

SPIL
NIC ASIA

काठमाडौं । एक वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुले २६.७३ प्रतिशतले पोलिसी संख्या बढाउन सफल भएका छन् । कम्पनीहरुले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ८९ लाख १९ हजार वटा जीवन बीमा पोलिसी जारी गरेका छन् । गत वर्षको यहि अवधिमा कम्पनीहरुले ७० लाख ३८ हजार पोलिसी जारी गरेका थिए ।

यस अवधिमा म्यादी जीवन बीमालेखको संख्यामा भने गिरावट आएको छ । चार महिनाको अवधिमा जीवन बीमा कम्पनीहरुले यस्तो बीमालेख ६ लाख २७ हजार वटा जारी गरेका थिए । जवकी गत वर्षको यहि अवधिमा भने ८ लाख एक हजार वटा जारी गरेका थिए ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुले उक्त बीमा लेख जारी गरेर खुद बीमा शुल्क आर्जन पनि २३ प्रतिशतले बढाउन सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले कार्तिक महिनासम्ममा ४८ अर्ब ३२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि चालु आर्थिक वर्षको चार महिनाको अवधिमा निर्जीवन बीमालेख ३४.६३ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । उनिहरुले यहि अवधिमा २७.३६ प्रतिशतले खुद बीमा शुल्क आर्जन बढाउन सफल भएका छन् ।

बीमा समितिका अनुसार बीमाको दायरामा २९.८१ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका छन् । यदि बैदेशिक रोजगार बीमालेख संख्या घटाउने हो भने यस्तो दायरा २१.५५ प्रतिशतमा सिमित हुने समितिले जनाएको छ । एक वर्षको अवधिमा बीमा कम्पनीहरुको कार्यालय संख्या ३२ प्रतिशतले बढेको छ । हाल बीमा कम्पनीहरुको तीन हजार ७३८ वटा शाखा कार्यालयहरु छन् ।

कर्मचारीको संख्या भने ५.९४ प्रतिशतले मात्रै बढेको छ । हाल बीमा क्षेत्रमा १० हजार ७९८ जनाले रोजगारी पाएका छन् । जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी १७ प्रतिशतले बढ्दा निर्जीवनको भने ७.९६ प्रतिशतले मात्रै बढेको छ । हाल जीवन बीमा कम्पनीहरुको कुल चुक्ता पूँजी ३९ अर्ब ४४ करोड रुपैयाँ छ भने निर्जीवनको १९ अर्ब ८४ करोड रुपैयाँ छ ।

Monthly Report 2078.79_Kartika

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS