IME Life

नमोबुद्ध नगरपालिकाको कृषि तथा पशुपन्छी बीमामा थप १० प्रतिशत अनुदान दिने प्रतिवद्धता

SPIL
NIC ASIA

काठमाडौं । नमोबुद्ध नगरपालिकाले कृषि तथा पशुपन्छी बीमाको बीमा शुल्कमा नगपालिकाको तर्फबाट १० प्रतिशत अनुदान दिने प्रतिवद्धता व्यक्त गरेको छ । नगरपालिकाका जनप्रतिनिधि तथा प्रमुख प्रशासकिय अधिकृत राजन पौडेलले नेपाल सरकारकाले दिइरहेको ८० प्रतिशत बाहेक थप १० प्रतिशत नगरपालिकाको तर्फबाट आफ्ना कृषकहरुलाई दिने प्रतिवद्धता व्यक्त गरेका हुन् । यसका लागि उनिहरुले बीमा समिति सँग आवस्यक समन्वयका लागि अनुरोध समेत गरेका छन् ।

Prabhu
Crest

बीमा समितिले आज नगरपालिकामा बीमा सम्बन्धी जनचेतना मुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बीमा समितिका निर्देशक कमल रेग्मी, सहायक निर्देशक पुर्ण बहादुर थापा र सहायक प्रथम श्याम सुन्दर नगरकोटीको सहभागिता रहेको थियो । निर्देशक रेग्मीले कार्यक्रममा बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुतिकरण दिनुका साथै स्थानीय निकायका पदाधिकारीहरु सँग आफ्नो सेवा सुविधामा बीमालाई पनि टाइअप गर्न अनुरोध गरेका थिए । यसै क्रममा स्थानीय निकायका पदाधिकारीहरुले कृषि तथा पशुपन्छी बीमाको बीमा शुल्कमा कृषकहरुलाई अनुदान दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्रशासकिय अधिकृत पौडेलले यस क्षेत्रमा कृषि बीमाको लागि आवस्यक प्राविधिकको समेत व्यवस्था गरिदिन अनुरोध गरेका थिए । नगरपालिकाका मेयर टिपि शर्मा तथा उपमेयरको उपस्थिति थिएन । कार्यक्रममा सहभागिहरु मध्ये अधिकाम्सले कृषि बीमा गर्न जति सजिलो छ दाबी पाउन त्यो भन्दा धेरै गुणा गाह्रो परेको भन्दै गुनासो गरेका थिए । यहाँ पनि सहभागीहरुले कोरोना बीमाको दाबी भुक्तानीलाई लिएर प्रश्न गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS