IME Life

नेपाल पुनर्बीमाको खुद बीमा शुल्क आर्जन ३७.३० प्रतिशतले बृद्धि, मुनाफा एक अर्ब १६ करोड रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको मुनाफा ३.८८ प्रतिशतले सुधार भएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ मा जीवन तथा निर्जीवन व्यवसाय मार्फत एकमुष्ठ रुपमा एक अर्ब १६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको हो । अघिल्लो वर्षमा कम्पनीले एक अर्ब १२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

कम्पनीले जीवन बीमा व्यवसाय तर्फ १५ करोड ४३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ भने निर्जीवन तर्फ भने एक अर्ब एक करोड रुपैयाँ रहेको छ । कम्पनीले जीवन तथा निर्जीवन सहित ९ अर्ब ४३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले ६ अर्ब ८६ करोड रुपैया आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले ३७.३० प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको हो ।

Prabhu
Crest

कम्पनीले निर्जीवन तर्फको पुनर्बीमा व्यवसाय मार्फत ८ अर्ब २३ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै जीवन तर्फ भने एक अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीले निर्जीवन तर्फको पुनर्बीमा व्यवसाय ल्याउदा दुई अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनीले २ अर्ब ६ करोड रुपैया खर्च गरेको थियो ।

नेपाल पुनर्बीमाको चुक्ता पूँजी १० अर्ब रुपैयाँ रहेको छ भने जगेडा कोषमा तीन अर्ब ३३ करोड रुपैयाँ जम्मा गर्न सफल भएको छ । कम्पनीको दाबी भुक्तानी ७० प्रतिशतले बढेको छ । अघिल्लो वर्ष २ अर्ब ८७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको कम्पनीले गत वर्ष भने ४ अर्ब ८८ करोड रुपैयाँ भुक्तानी गर्नु परेको थियो । कम्पनीलाई भारतको कृषि बीमाको दाबी भुक्तानीले सबैभन्दा धेरै प्रभाव पारेको थियो । कम्पनीले अझै तीन अर्ब ५ करोड रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ । प्रतिशेयर आम्दानी भने १० रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS