IME Life

आइपिओ निष्काशन गर्न निवेदन दिएका रिलायबल नेपाल र आइएमई लाइफलाई दाँजेर हेर्दा !

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र आइएमई लाइफ इन्स्योरेन्स नयाँ जीवन बीमा कम्पनीहरु हुन् । दुवै कम्पनीहरुले आईपीओ निष्काशन  गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले निकट भविष्यमा प्रिमियममा आईपीओ निष्काशन गर्ने तयारीमा छ भने  आइएमई लाइफले प्रति कित्तामा एक सयमा आईपीओ निष्काशनको तयारीमा छ । आईएमई लाइफ र रिलायबल नेपाल लाइफ दुवैले ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने लागे पनि आइएमई लाइफले ६० करोड बराबरको र रिलायबल नेपाल लाइफले प्रति कित्ता २१२ मा १ अर्ब २७ करोड २० लाख बराबरको आईपीओ निष्काशन गर्दै छ।

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा : कम्पनीहरुले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा दुवै कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रहेको छ।

जगेडा कोषको आधारमा : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोषमा ९१ करोड ६ लाख रुपैया संचित छ भने आइएमई लाइफ इन्स्योरेन्स को जगेडा कोषमा ५१ करोड ७० लाख संचित छ ।

जीवन बीमा कोषको आधारमा : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा जीवन बीमा कम्पनीहरुको लागि जीवन बीमा कोषको निकै महत्व रहेकोमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ३ करोड हुँदा आइएमई लाइफ इन्स्योरेन्सको जीवन बीमा कोषमा ३ अर्ब ३७ करोड रहेको छ।

बीमा शुल्क आर्जन : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्म ९२ करोड ८९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने आइएमई लाइफ इन्स्योरेन्सले ७९ करोड २४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

खुद नाफाको आधारमा : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा प्रथम त्रैमास सम्म रिलायबल नेपाल लाइफले ७ करोड ४५ लाख खुद मुनाफा गरेकोमा आइएमई लाइफ इन्स्योरेन्सको खुद मुनाफा ४ करोड ३६ लाख रुपैया रहेको छ। यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन हुन बाँकी भएकाले खुद नाफा एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक आउने छ ।

प्रति शेयर आम्दानी : कम्पनीले प्रकाशन गरेको आर्थिक वर्ष ७८/७९ को प्रथम त्रैमासको वित्तीय विवरणको आधारमा रिलायबल नेपाल लाइफको वार्षिक प्रति शेयर आम्दानी २१ रुपैयाँ ३० पैसा छ भने आइएमई लाइफको वार्षिक प्रति शेयर आम्दानी १२ रुपैयाँ ४७ पैसा छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS