IME Life

बनेपाका शाखा प्रमुखहरु सँग बीमा समितिको भेटघाट सम्पन्न, हचुवामा नीति नियम नबनाउन अनुरोध

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितले काभ्रेको बनेपा क्षेत्रमा रहेका शाखा कार्यालयका प्रमुखहरु सँग अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । छलफल कार्यक्रममा बीमा समितिको तर्फबाट निर्देशक कमल प्रसाद रेग्मी, सहायक निर्देशक पुर्ण बहादुर थापा र सहायक प्रथम श्यामसुन्दर नगरकोटीको उपस्थिति थियो ।

Prabhu
Crest

समितिले उपस्थित शाखा प्रमुखहरु समक्षा स्थानीय निकाय सँग बीमा समितिले सञ्चालन गरिरहेको छलफल तथा अन्तर्क्रिया कार्यक्रममा सहयोग गर्न अनरोध गरेको थियो ।

बनेपामा रहेका कतिपय शाखाले काभ्रे सहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली लगायतका शाखा कार्यलायलाई पनि हेर्ने भएकाले शाखा प्रमुख तथा क्षेत्रिय प्रमुखहरुको उल्लेख्य सहभागिता थियो । छलफल कार्यक्रममा शाखा प्रमुखहरुले बीमा समिति समक्ष नेपालीहरुको आय स्रोतका आधारमा उनिहरुको आयको निश्चित प्रतिशत रकम जीवन बीमामा प्रयोग गर्नु पर्ने व्यवस्थाका लागि पहल गर्न अनुरोध गरेका छन् । यदि कसैको ३० हजार रुपैयाँ मासिक आम्दानी छ भने त्यसको १० प्रतिशत जीवन बीमाको लागि प्रयोग गर्ने व्यवस्था गर्ने हो भने बीमाको क्षेत्र थप फराकिलो हुने तर्क राखेका थिए ।

शाखा प्रमुखहरुले बैंकिङ क्षेत्रमा कर्जा सुचना केन्द्र भए जस्तै बीमा क्षेत्रमा पनि बीमितको सूचना केन्द्र तयार पार्न अनुरोध गरेका छन् । यदि कुनै बीमित दाबी भुक्तानीका लागि बीमा कम्पनीमा आएमा उसले यस भन्दा दाबी लिएको छ कि छैन, उसले बीमा गरेर ठगी गरेको छ कि छैन लगायतका सूचना लिन सजिलो हुने उनिहरुको भनाइ थियो ।

उनिहरुले पशुबीमामा समस्या रहेको भन्दै बीमा समिति समक्ष गुनासो पोखेका थिए । त्यस्तै कृषि तथा पशुपन्छी बीमाको क्षति मूल्याङ्कन कर्ताको कमि हुँदा समस्या भएको भन्दै उनिहरुले यसको संख्या बढाउन समेत आग्राह गरेका छन् । लागत मूल्यको आधारमा कृषि बीमा हुँदा बीमितहरु अन्यायमा परेको भन्दै उनिहरुले यसका लागि निश्चित दर तोकिदिन समेत अनुरोध गरेका छन् ।

कतिपय बीमितले ट्याग हराएको भन्दै दाबी भुक्तानीका लागि निवेदन पेश गर्दा दाबी भुक्तानी दिन नसकिएको बताएका थिए । बीमा समितिले हरेक किसिमका नीति नियम निर्देशन बनाउदा हचुवाका भरमा बनाउन नहुने भन्दै सुझाएका थिए । भुकम्पका कारण बीमा क्षेत्रको प्रतिष्ठा बढेकोमा कोरोना बीमाका कारण बीमा क्षेत्रमा अविस्वासको वातावरण शिर्जना भएको भन्दै गुनासो गरेका थिए ।

समितिको यहि समुहले नमोबुद्ध नगरपालिका, रोशी गाउँपालिका, तिमाल गाउँपालिका, चौतारा सागाँगडी चोक नगरपालिका र मेलम्ची नगरपालिकामा बीमा समन्धी जनचेतनामुलक छलफल तथा अन्तर्क्रया कार्यक्रम आयोजना गर्न लागेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS