IME Life

सन नेपालले कर्पोरेट कार्यालय बनाउदै, जग्गा खरिदको लागि सार्वजनिक आह्वान

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै जग्गा तथा भवनमा कर्पोरेट कार्यालय खोल्ने योजना बनाएको छ । कम्पनीले कर्पोरेट कार्यालयका लागि न्यूनतम पनि १४ आना जग्गा खरिदका लागि आवस्यक प्रकृयाँ अगाडी बढाएको छ । यसका लागि इच्छुक व्यक्ति तथा संस्थाहरुलाई ३५ दिन भित्रमा प्रस्ताव पेश गर्न आह्वान समेत गरेको छ ।

कम्पनीले इच्छुक व्यक्ति तथा संस्थाहरुलाई कम्पनीको इमेल ठेगानामा दरखास्त आह्वान पेश गर्न समेत अनुरोध गरेको छ । आवेदकले आवेदन दिदा लालपुर्जाको प्रतिलिपी, जग्गाधनीको नागरिकताको प्रतिलिपी, जग्गाको ब्लूप्रिन्ट, सडक सँग जोडिएको अर्थात मुल सडकबाट न्युनतम २० फिटको अवधिमा हुनेपर्नेछ । आवेदकले मुद्दा मामिला वा विवाद नभएको स्वः घोषणा समेत गर्नुपर्नेछ ।

Prabhu
Crest

कम्पनीले टेकु, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, अनामनगर, कमलादी, कमलपोखरी, रातोपुल, ज्ञानेश्वर, लैनचौर, दरवारमार्ग, हात्तिसार, नक्साल, उत्तरढोका, लाजिम्पाट, पानिपोखरी, बालुवाटार क्षेत्रका जग्गाधनीहरु सँग प्रस्ताव आह्वान गरेको छ ।

सन नेपाल लाइफ स्थापना भएको ४ वर्ष पुरा भएको छ । स्थापनाको ४ वर्ष पुरा भएर ५ औ वर्षमा चलिरहदा कम्पनीले आफ्नै भवन निर्माणका लागि आवस्यक प्रकृयाँ अगाडी बढाएको हो । कम्पनीले जग्गा लिएर भवन निर्माण गर्ने योजना बनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS