IME Life

जिम्मेवार अभिकर्ता मात्रै लामो समयसम्म बीमा क्षेत्रमा टिक्न सक्छन्

SPIL
NIC ASIA

राजु शाह । बीमा अभिकर्ता अत्यन्त जिम्मेवारी पुर्ण पेशा हो त्यसैले सबै जना जिम्मेवार बन्नु पर्छ । जम्मेवार व्यक्तिहरुलाई मात्रै यस पेशामा टिकिरहन सजिलो हुन्छ । जव एउटा अभिकर्ता जिम्मेवारीबाट पन्छिन्छ त्यस बेला बीमा उद्योगमै टिक्न साहै गाह्रो पर्छ ।

जिम्मेवारी भन्ने वित्तीकै एउटा अभिकर्ता आफ्ना बीमित र बीमा कम्पनी प्रति उत्तरदायि हुनु पर्छ । त्यस्तै बीमा कम्पनीका कर्मचारीहरु बीमित, अभिकर्ता र बीमा कम्पनी प्रति उत्तरदायि भइ आफ्नो वर्षिक लक्ष्य प्राप्तिका लागि अग्रसर रहनु पर्छ । त्यसैले यस अवधिमा सबैले एक अर्को प्रति जिम्मेवार भएर अगाडी बढ्न जरुरी छ ।

Prabhu
Crest

नेपाली जीवन बीमा बजारमा बीमा शिक्षा अत्यन्त कमजोर अवस्थामा छ । यसको महत्वबारे अलि अलि बताउदैमा ुबीमा शिक्षाु पुरा हुदैन । हामी सबैले आफुले सिकेको र जानेको कुरा अरुलाई सिकाउनुको साथै बीमित, अभिकर्ताको समस्या र समाधान बारे अध्ययन गर्नु पर्छ ।
अभिकर्ताहरु अध्ययनशिल हुन जरुरी छ । समाजका हरेक कुराहरुको ज्ञान राख्नु पर्छ । सम्भावित ग्राहकहरुको खोज गर्नका पनि अध्ययनशिल हुनु पर्छ । अभिकर्ता पेशा मार्केटि पेशा भएको हुँदा बोल्न जान्नु पर्छ । बोल्नका लागि समयसामयिक विषयवस्तुको राम्रो जानकारी राख्नु पर्छ ।

अभिकर्ताहरुका लागि अर्को महत्वपुर्ण पक्ष भनेको सहनशिलता र धर्यता हो । बीमा व्यवसाय गर्दै गर्दा बीमित, अभिकर्ता, कर्मचारी लगायत अन्य माथिल्लो निकायको व्यवहारबाट चित्त दुखाई हुन सक्छ । यसको मतलब यो हैनकी यो पेशा छोडिदिने । सबै व्यक्ति आ(आफनो ठाउँमा सही नै हुन्छ । सहि र गलत पहिलाउदै आफ्नो कर्ममा दत्त चित्त भएर लाग्नु पर्छ । जिम्मेवारी, अध्ययनशिलता, सहनशिलता र धर्यता बीमा जगतमा दिर्घकालिन टिक्न र टिकाइ राख्ने महत्वपुर्ण चार खम्बा हुन् ।

अभिकर्ताहरुमा जहिले पनि बीमा व्यवसायलाई सम्मानित कसरी बनाउने भन्ने कुरामा चासो हुन जरुरी छ । सम्मान सहितको व्यवहार मात्र गरे भने धेरै कुरा सुधारिन्छ । प्रथम बीमा शुल्कको आधारमा मात्र हैनकी अन्य पक्षको अध्ययन गरी सम्मान गर्न गराउन र सम्मानित पेशा बनाउन जरुरी छ । अभिकर्ताहरुले ल्याउने व्यसायका आधारमा मात्रै मूल्याङ्कन गरेर हुँदैन । अभिकर्ताले कत्तीको गुणस्तरिय व्यवसाय ल्याएको छ भन्ने पाटोबाट पनि मूल्याङ्कन गर्नु पर्छ । आजका दिनमा आफैले पैसा हालिदिएर बीमा गराउने अनि टार्गेट पुरा गर्ने अभ्यास बढिरहेको छ ।

टार्गेट पुरा गर्ने व्यवसायले अभिकर्ताहरु बढी महत्वकाक्षी भएका छन् । बढि महत्वकाक्षी हुँदै गर्दा बास्तविक रुपमा बीमा भइरहेको छैन । त्यसैले गर्दा अभिकर्ताहरुले ल्याउने व्यवसायको गुणस्तरलाई पनि हेर्न जरुरी छ ।

शाह एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर बीमा एडभाइजर हुन् । पत्रकारिता क्षेत्रमा ८ वर्ष विताएका शाह पछिल्लो समय बीमा क्षेत्रमा सक्रिय छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS