IME Life

रिलायबल नेपाल लाइफको चरिकोट शाखाका दुई अभिकर्ता एमडिआरटि बन्न सफल

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चरिकोट शाखाले छोटो समय अवधिमा नै दुई एमडिआरटि हात पार्न सफल भएको छ ।  विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबलमा यस कम्पनीको शाखा कार्यालय चरिकोटबाट पनि दुई अभिकर्ता आबद्ध हुन सफल भएका हुन् । पछिल्लो समय कम्पनीले आफ्नो देशैभरिका शाखा कार्यलयहरुबाट एमडिआरटि उपाधि हात पारी आफनो व्यवसाय द्रुत गतिमा चम्काउदै आफ्ना बीमितहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ ।

चरिकोट शाखा कार्यालयबाट एमडिआरटि बन्न सफल अभिकर्तालाई कम्पनीले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ । शाखा कार्यलय चरीकोटबाट छोटो समयमा दुई जना अभिकर्ता एमडिआरटि बन्न सफल भएकोमा शाखा कार्यालयले खुशी व्यक्त गरेको छ ।
वाग्मती प्रदेश प्रमुख राजकुमार गीरीको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मान कार्यक्रममा शाखा प्रमुख विष्णु लुईटेल, पहिलो एमडिआरटि सिनियर एजेन्सि म्यानेजर , एजेन्सि म्यानेजर र सक्रिय अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

Prabhu
Crest

कम्पनीले देशभरका सुगम तथा दुर्गम क्षेत्रमा आफ्नो उपस्थितीलाई दरिलो बनाउँदै आफ्ना बीमितहरुलाई छिटो, छरितो तथा भरपर्दो बीमा सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले यस चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ७ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । जीवन बीमा कोषमा ३ अर्ब ३ करोड ४१ लाख रुपैयाँ संचित गरेको छ भने ९२ करोड ८९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS