SKIP THIS

IK Anniversary
IME Life

बीमा कम्पनीको डिडिएको लागि २० चार्टर्ड एकाउन्टेन्टको प्राविधिक प्रस्ताव उतिर्ण

SPIL
NIC ASIA

काठमाडौं । बीमा कम्पनीहरुको डिडिएका लागि प्रस्ताव पेश गरेका मध्ये २० वटा चार्टर्ड एकाउन्टेन्सी फर्म उर्तिण भएका छन् । बीमा समितिले असोज ८ गते आर्थिक वर्ष २०७८/७९ मा समितिबाट डिडिए गर्नुपर्ने गरी पहिचान भएका बीमा कम्पनीहरुमा डिडिए गर्न इच्छुक चार्टर्ड एकाउन्टेन्सी फर्म वा कम्पनीहरुबाट प्राविधिक तथा आर्थिक प्रस्ताव आह्वान गरेको थियो ।

समितिले पहिलो चरणमा प्राविधिक प्रस्तावमा उर्तिण भएका २० वटा फर्मलाई छनोट गरेको छ । प्राविधिक प्रस्तावममा उर्तिण भएसँगै आगामी मंसिर १५ गते दिउसो २ बजे आर्थिक प्रस्ताव खोल्ने भएको छ ।

Prabhu
Crest

बीमा समितिले ८ वटा बीमा कम्पनीहरुको डिडिए गर्न लागेको छ । समितिले शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, नेपाल लाइफ, एलआईसी, सूर्या लाइफ र युनियन लाइफको डिडिए गर्ने भएको हो ।

कम्पनी आफैले खोजेका चार्टर्ड एकाउन्टेन्ट पूर्वाग्रही हुने आकलन गर्दै समिति आफैले डिडिए गर्ने फर्म तथा कम्पनी तोकिदिने भएको हो । यसरी जुन फर्म वा कम्पनीले सस्तो दरमा प्रस्ताव आह्वान गर्छ उसैले डिडिएक जिम्मेवारी पाउछन् । यसका लागि समितिले आवश्यक मापदण्ड पनि तयार पारिदिएको छ ।

प्राविधिक प्रस्तावमा पास हुने फर्म

बीमा समितिले ८ बीमा कम्पनीको डिडिए गर्दै, चार्टर्ड एकाउन्टेन्सी फर्म सँग प्रस्ताव आह्वान

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS