IME Life

नेप्से परिसूचक घट्दा कारोबार रकम पनि घट्यो, तीन उपसूचक बाहेक सबै रात्ताम्मे

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव २२ अंकले घटेर २,७३१ दशमलव ७८ को विन्दुमा कायम भएको छ । आज होटल्स एण्ड टुरिजम ,बैंकिङ र अन्य बाहेक सबै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै ट्रेडिङ उपसूचक १ दशमलव ४४ प्रतिशतले घटेको छ । आज ६१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १२१ वटा कम्पनीको शेयर मुल्य घटेका छन् ।

आज दिनभरिमा २३३ वटा कम्पनीको ७४ लाख ८६ हजार ५७५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७८ करोड ९७ लाख ९ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको २६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आज महालक्ष्मी विकास बैंकको १६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको १४ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साना किसान विकास बैंकको १० करोड रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको पनि १० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव २७ प्रतिशतका दरले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ८ दशमलव १७ प्रतिशतका दरले कमाएका छन् । तेहूथुम पावर कम्पनीका लगानीकर्ताले ५ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् । कुमारी बैंकका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ६ दशमलव ९३ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS