IME Life

बोनसदर घटेको देखिए पनि आगामी वर्षमा सबैभन्दा राम्रो हुनेछ, लक्ष्मी प्रसाद दासको लेख

SPIL
NIC ASIA

कोभिड १९ को महामारीको कारण संभावित ग्राहकहरूको आर्थिक शक्तिमा ह्रास भइ जीवन बीमा व्यवसाय संकटमा पर्ने हो कि भन्ने डर थियो । तर वास्तवममा त्यस्तो भएन । बरु महामारीले आम मानिसलाई जीवन बीमा अपरिहार्य रहेछ भन्ने चेतनाको अभिवृद्दि गरेको छ । यो नै हाम्रो लागि महत्वपुर्ण उपलब्धी हो । यस महामारीमा हामीहरुले आफ्नो परिवारको आर्थिक सुरक्षा गर्न जरुरी छ भन्ने सन्देश आम ग्राहकहरुमा पुर्याउन सफल भयौ । परिणाम स्वरुप यस्तो विषम परिस्थितिमा पनि राम्रै बीमा शुल्क आर्जन गर्न सकेका छौ ।

मानव जीवन कहिल्यै पनि जोखिममुक्त नभएको कारणले मानिसको जीवनमा घटनाको संभावना सधैं रहि रहन्छ । तसर्थ बीमा भनेको जोखीम हस्तान्तरण गर्ने एक माध्यम हो । जसले भविष्यमा आई पर्ने जोखिमलाई न्यूनिकरण गर्न वा सामना गर्नका लागि जोखिमको भार बीमा कम्पनीमा सारेर आर्थिक सुरक्षा प्राप्त गराउँदछ ।

Prabhu
Crest

निश्चय नै कोभिड १९ महामारीले विश्व अर्थतन्त्रलाई ठूलो क्षति पुर्‍याएको छ यसले सामाजिक एवं आर्थिक क्षेत्रमा पनि नकरात्मक असर पारेको छ । संगसँगै यसले मानिसहरुलाई के कुरामा पनि सचेत बनाएको छ भने जोखीम जुनसुकै बेलामा आउन सक्छ । तसर्थ जोखिमबाट बच्नको लागि जीवन बीमा मानिसको लागि अपरिहार्य तत्व रहेछ भन्ने चेतना अभिवृद्दि भएको छ र बीमा प्रति आकर्षण बढेको मान्न सकिन्छ । मेरो बिचारमा कोभिड महामारी जीवन बीमा व्यवसायको लागि एउटा अवसर मान्न सकिन्छ ।

एलआईसीको अहिलेको बोनश घट्दैमा आत्तीनु पर्दैन

विगतमा एलआइसीले प्रदान गरेको बोनश दर सबै भन्दा उच्च थियो जुन अन्य कम्पनीहरु कसैको पनि थिएन । कम्पनीको बोनश दर कुनै खास वर्षमा मात्र उच्च भएर अन्य वर्षमा कम भएको इतिहास अहिलेसम्म छैन । लगातार कम्पनीले उच्च दरको बोनश  कायम राखी राख्न सफल भएको थियो ।

तर यसपालीको सन्दर्भ चाहीं अलि फरक छ । बोनश आँकडाको रुपमा हेर्दा झट्ट घटेको देखिए पनि वास्तवमा त्यस्तो होइन । यसबारेमा बुझ्न यसको अन्तरवस्तुमा प्रवेश गर्नै पर्ने हुन्छ ।

बोनस घट्नुमा पहिलो कारण भनेको बीमा समीतिबाट जारी भएको निर्देशिकालाई हाम्रो कम्पनीले अक्षरशः पालना गर्नु पर्ने भएकोले हो । उक्त निर्देशिका अनुसार प्रत्येक कम्पनीले आफ्नो आम्दानीको २० प्रतिशत फ्युचर बोनस प्रोभिजनको लागि आगामी ५ वर्षसम्मको लागि छुट्टयाउनु पर्दछ । बीमितले तत्काल प्राप्त गर्ने बोनस भविष्यको लागि छुट्टयाएर राख्नु पर्दा साविकको भन्दा बोनसदर कम हुने देखियो नै । झट्ट हेर्दा बीमितहरुको आफ्नो बोनसको भाग काटिएको जस्तो देखिए ता पनि त्यो सत्य होइन किनभने त्यो रकम एउटा कोषमा गएर बसेको हुन्छ । जुन पैसा हाम्रै बीमितहरुकै नै हो । संस्थालाई आर्थिक रुपले सबल बनाउने यो प्रचलन विश्वव्यापी रुपमा लागू भए ता पनि नेपालमा लागू भएको थिएन । बीमा समितिले अहिले लागू गरेपछि सतहमा देखिंदा बोनसदर कम भएको देखिए ता पनि दीर्घकालमा यसले समग्र जीवन बीमा व्यवसाय लाई स्थायित्व प्रदान गरी थप उँचाइमा पुर्‍याउन मद्दत गर्दछ भन्ने विश्वास गर्न सकिन्छ ।

दोस्रो कारण भन्नुपर्दा कोभिड १९ महामारीले बीमा व्यवसायमा पारेको प्रभाव हो । कोभिडले विश्व अर्थतन्त्रलाई नै ठूलो धक्का पुर्‍याएको सन्दर्भमा बीमा व्यवसाय त्यसबाट अछुतो रहन सक्ने कुरा भएन । जुन रफ्तारले बृद्दि हुनु पर्ने व्यवसाय थियो त्यो रफ्तारमा एक्कासी ब्रेक लाग्न पुग्यो जसको सिधा सिधा असर कम्पनीको पफर्मेन्समा हुन गयो ।

तेस्रो कारण चाहिं कोभिडको कारणले मृत्यु दरमा बृद्दि हुन गई अत्याधिक मात्रमा कम्पनीले मृत्यु दावी भुक्तानी गर्नुपरेकोले हो ।
त्यसै गरी अर्को कारण जीवन बीमा कम्पनीहरुले लगानी गर्ने क्षेत्रमा भएको ब्याजदरको कमीले हो । हेर्नुस जीवन बीमा कम्पनीहरूले आफूले संकलन गरेको बीमा शुल्क आफूखुशी लगानी गर्न पाउँदैनन् । बीमा समितिको प्रष्ट निर्देशन अनुसार सुरक्षित क्षेत्र जस्तै वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्नु पर्ने हुन्छ । एक प्रतिशतले मात्र ब्याजदरमा कमी आउँदा कम्पनीले प्राप्त गर्ने व्याज रकममा निकै ठूलो अन्तर आएर आम्दानीको ठूलो हिस्सा गुमाउनु पर्ने हुन्छ । विगत वर्षहरुमा उक्त ब्याजदर निकै नै कम भएकोले कम्पनीको आम्दानी घट्न गएको हो ।

हाम्रा बीमा पोलिसीहरू अन्य कम्पनीको तुलनामा निकै नै सस्ता छन् र यस्तो बिषम परिस्थितिमा पनि ग्राहकलाई आकर्षित गर्न सफल भएको छ । व्यवसायमा लाभ लागत विष्लेषणको ठूलो महत्व हुन्छ । लागत कम हुँदा प्रतिफल राम्रो हुन्छ । एलआइसी नेपालले कम लागतको पोलिसीहरू बिक्री गरेर उच्चतम प्रतिफल प्रदान गरिरहेको छ । त्यसैगरी संस्थागत सुशासन पालनामा अब्बल छ ।

नेपालमा एलआईसीको व्यवसाय

एलआइसीको संजाल विश्वको २२ वटा देशमा फैलिएको छ र करिब ४० करोड भन्दा बढी बीमितलाई बीमा सेवा प्रदान गरेको छ । त्यसै गरी नेपालमा ७६ शाखा र ५०,००० भन्दा बढी अभिकर्ताहरू मार्फत करिब १० लाख भन्दा बढीलाई सेवा प्रदान गरिसकेको छ । यस कम्पनीको बोनस दर अन्य बीमा कम्पनीको तुलनामा धेरै भएकोले बीमितहरूले उच्च प्रतिफल प्राप्त गरिरहेका छन् ।
बि.स. २०७२ र २०७३ गरी लगातार २ वर्ष सबै भन्दा बढी आयकर तिर्ने बीमा कम्पनीको रुपमा नेपाल सरकारबाट सम्मानित भएको छ । यसै गरी यस एलआइसी नेपाल नेपाल Nepal Best Brand Leadership Awards 2018, 2019 बाट लगातार २ पटक, Emerging Asia Insurance Award 2018   बाट र Best Presented Accounts Award, 2008 बाट सम्मानित भएको छ । यत्तिको भरपर्दो र बलियो संजाल भएको बीमा कम्पनीमा तपाई आबद्द हुनुहुँदैछ, यो हामी एवं तपाई दुवै पक्षको लागि गर्वको विषय हो ।

(दास लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालका  प्रमुख कार्यकारी अधिकृत हुन् ।) 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

लक्ष्मी प्रसाद दास
Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS