नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्री गर्दै

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५७ हजार १९२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर खरीद गर्न ईच्छुक कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्नुपर्ने हुन्छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य व्यक्ति तथा संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार