IME Life

स्ट्याण्डर्ड चार्टर्ड बैंकको १३.०६% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थका लागि आगामी मंसिर १० गते बुक क्लोज गर्ने भएको छ। यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले मंसिर २८ गते ३५औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा काठमाडौंको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा विहान १० बजेदेखि शुरु हुने बैंकले जनाएको छ । कोभिड १९ महामारीको विशेष परिस्थितिलाई ध्यानमा राखी कम्पनीले भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा आयोजना छ ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न गर्नेछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनश शेयर तथा कर प्रयोजनका लागि ३ दशमलव शून्य ६ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव शून्य ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश सभाले पारित गर्नेछ ।

साथै सभाले नाफा, नोक्सान, हिसाव नगद तथा बैंकको प्रबन्धपत्रमा संशोधन स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS