साना किसान विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं । साना किसान विकास लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको हिजो बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतले हुन् आउने ३१ करोड २८ लाख ८२ हजार ७ सय ४५ रुपैयाँ २५ पैसा बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत गरि १ दशमलव ३१५ प्रतिशत गरि कुल २६ दशमलव ३१५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार