ज्योति विकास बैंकको १५.५ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी ४ अर्ब २६ करोड रुपैयाँ पुग्ने

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १५.५ प्रतिशत लाभांश घोषणा गरेको छ । बिहीबार विहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ३ अर्ब ८४ करोड रुपैयाँको ११ प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजन सहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि मात्रै साधारणसभा बोलाउन सक्ने छ । साधारणसभाबाट पारित भए पछि मात्रै शेयरधनीले प्राप्त गर्नेछन् । प्रस्तावित बोनश शेयर ४२ करोड २९ लाख रुपैयाँ वितरण पछि बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड रुपैया पुग्नेछ ।

374d67c76b8a8e315b8503b6702d25a8

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार