IME Life

आजबाट दुई हाइड्रोपावरको शेयर कारोबार खुल्दै, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ हिजो सूचिकृत भएसँगै आजबाट कारोबारमा आउने भएको छन् ।

सामलिङ पावरको ५० लाख कित्ता आईपीओ सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्यरेञ्ज ९८ रुपैयाँ ७७ पैसादेखि २९५ दशमलव ३१ तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्यरेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल एसपिसी रहेको छ ।

Prabhu
Crest

सर्वसाधारणको लागि निष्काशन गरेको ७ लाख ३० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

त्यस्तै, न्यादी हाइड्रोपावर कम्पनीको कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ दशमलव ३९ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल एनवाइएडीआई रहेको छ ।

कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २५ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको १ करोड ९ लाख ५० हजार कित्ता गरेर कुल १ करोड ५० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS