IME Life

प्राइम लाइफ सहित दुई कम्पनीको शेयर आजसम्म किन्नेले पाउँछन् प्रस्तावित लाभांश

SPIL
NIC ASIA

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । प्रमइ लाइफले साधारण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर १० गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा मंसिर ९ गते आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउन तथा साधारण सभामा भाग लिन योग्य हुनेछन् ।

कम्पनीले मंसिर १९ गते १४औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको कार्तिक २३ गते विहान बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा दिनको २ बजे गर्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले आर्थिक वर्ष २०७६/र७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सभामा उक्त प्रस्ताव पारित हुनेछ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ ।

त्यसैगरी बैंक अफ काठमाण्डू लिमिटेडले पनि साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते बन्द गर्ने भएसँगै बिहीवार मंसिर ९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारित गर्नेछ ।

बैंकले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गरेको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कम्पनीले जानकारी गराएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS