IME Life

जीवन बीमा कम्पनीहरुले १७ प्रतिशतले बृद्धि गरे व्यवसाय, कुन कम्पनीले कति बढाए ? तथ्यांक सहित

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसायिक बृद्धि हरेक समिक्षा अवधिमा बृद्धि भएको तथ्याङ पाइन्छ । यस समिक्षा अवधिमा पनि १९ जीवनबीमा कम्पनीहरुमध्ये गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले खुद बीमा शुल्क आर्जन घटेको छ । गुराँस लाइफ बाहेक सबै बीमा कम्पनीको व्यवसायमा विस्ता भएको पाइएको छ ।

पछिल्लो समय कम्पनीहरु गाउँ गाउँमा पुग्न थालेका छन् । काठमाडौं र केहि प्रमुख शहरहरुमा मात्रै सिमित बीमा कम्पनीहरु अहिले स्थानीय निकायमा शाखा तथा उप शाखा कार्यालय खोज्न पुगेका छन् । यस हिसाबले गर्दा कम्पनीहरुले गाउँ गाउँमा अभिकर्ताको सञ्जाल विस्तार गरिरहेका गरु व्यवसायमा आक्रमक हुँदै आएको पाइन्छ ।

Prabhu
Crest

जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले बृद्धि गरेका छन् । यस अवधिमा कम्पनीहरुले ३७ अर्ब २९ करोड ३९ लाख ५० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पीहरुले ३१ अर्ब ८७ करोड ६४ लाख ५७ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए ।
यस समिक्षा अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले खुद बमिा शुल्क आर्जन ९ दशमलव २१ प्रतिशतले बृद्धि गरी ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ ।

दोस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ५ अर्ब २२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ प्रतिशतले बढी हो ।

त्यस्तै, तेस्रोमा राष्ट्रिय बीमा संस्थान रहेको छ । संस्थानले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भन्दा खुद बीमा शुल्क आर्जन ७ प्रतिशतले बृद्धि गरी यस अवधिमा ४ अर्ब ५३ करोड रुपैयाँ आर्जन गरेको छ । नेशनल लाइफले ३ अर्ब ४४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

यस समिक्षा अवधिमा यूनियन लाइफले १ अर्ब ८३ करोड,एशियन लाइफले १ अर्ब ५७ करोड रुपैयाँ,मेट लाइफले १ अर्ब ३० करोड,सिटिजन लाइफले १ अर्ब २१ करोड रुपैयाँ, प्राइम लाइफले १ अर्ब १७ करोड,सूर्या लाइफले १ अर्ब ११ करोड,रिलायबल नेपाल लाइफले ९२ करोड ८९ लाख रुपैयाँ, आइएमई लाइफले ७९ करोड २४ लाख रुपैयाँ,ज्योति लाइफले ७९ करोड १ लाख,रिलायन्स लाइफले ७३ करोड ५५ लाख रुपैयाँ, सन नेपाल लाइफले ५७ करोड ४८ लाख,प्रभु लाइफले ५५ करोड ६३ लाख रुपैयाँ, सानिमा लाइफले ५५ करोड ८ लाख र महालक्ष्मी लाइफले ३२ करोड ५२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS