IME Life

क्यापिटल मार्केटको पुरानो ब्राण्ड ‘एलिट क्यापिटल’ व्युतियो, पूँजी बजारमा इनोभेटिभ काम गर्ने

SPIL
NIC ASIA

काठमाडौं । करिव १८ वर्ष अगाडी एउटा स्थापित ब्राण्ड ‘एलिट क्यापिटल’ ७ वर्ष अगाडी ग्लोबल आइएमई क्यापिटलसँग मर्ज भएसँगै विलाएको थियो । मर्जरका कारण एलिट क्यापिटलबाट नाम परिवर्तन भएर ग्लोबल आइएमई क्यापिटल भएकोले कम्पनी ऐन अनुसार ५ वर्षसम्म उक्त नामलाई कसैले पनि प्रयोग गर्न पाइदैन ।

२०६४ सालमा ‘एलिट क्यापिटल’ स्थापना गरेकै केहि समुह सहित नेपालको क्यापिटल मार्केटका लब्धप्रतिष्ठित व्यक्तिहरुको अग्रसरतामा एलिट क्यापिटल व्युतिएको हो । यसमा व्यक्ति भन्दा धेरै संस्थागत सहभागिता रहेको छ । अधिकृत पूँजी २५ करोड रुपैयाँ रहेको यस क्यापिटलमा नेपाल टेलिकमका सञ्चालक अम्बिका प्रसाद पौडेलको इन्भेष्टमेन्ट कम्पनी, नेपाल लाइफका पुर्व प्रमुख कार्यकारी अधिकृत तथा हाल सूर्या लाइफका सञ्चालक विवेक झाको इन्भेष्टमेन्ट कम्पनी लगायत ५/७ जनाको प्रमुख हिस्सा रहेको छ ।

Prabhu
Crest

विदेशी स्रोत साधन भित्र्याउने हिसावले तीन जना एनआरएनको समेत लगानी रहेको क्यापिटलका अध्यक्ष दिनेश आचार्यले जानकारी दिए । आचार्य सहित पूँजी बजार सँग सम्बन्धित व्यक्तित्वहरु राजन लम्साल लगायतको लगानी रहेको छ । प्राय सबैको आ-आफ्नो इन्भेष्टमेन्ट कम्पनी मार्फत प्रतिनिधित्व गर्ने गरी लगानी रहेको छ ।

बजारमा अहिले नै ३० वटा मर्चेन्ट बैंकरहरु रहेका छन् । एलिटले अन्य मर्चेन्ट बैंकरहरु सँग प्रतिस्पर्धा गर्ने भन्दा पनि फरक हिसावले काम गर्ने योजना बनाएको प्रवर्द्धक विवेक झाले जानकारी दिए । उनले भने ‘हामीले अर्को एउटा मर्चेन्ट बैंकर थप्ने हिसावले काम गर्न खोजेको होइन । यस क्षेत्रमा इनोभेसनको जरुरी देखिएको हुँदा वास्तविक रुपमा मर्चेन्ट बैंकरले जे काम गर्नु पर्ने हो त्यहि गर्ने हिसावले आउन खोज्दै छौ ।’

मर्चेन्ट बैंकर खोल्ने भन्दै गर्दा अहिले भइरहेका सँग प्रतिस्पर्धा गर्ने भन्दा पनि बजारमा यस्तो प्रोडक्ट ल्याउनु पर्यो जुन आजको आवस्यकता हो र विश्व स्तरमा भइरहेको अभ्यास भित्रै रहोस भन्ने हिसावले काम गर्न खोजिएको झाले जानकारी दिए ।

नेपालको सन्दर्भमा कोष तथा सम्पत्तीको व्यवस्थापन गर्ने संस्थाको आवस्यकता देखिएको हुँदा एलिटले ठुला ठुला कोषहरु व्यवस्थापन गर्ने उद्देश्य राखेको दिनेश आचार्यले जानकारी दिए । यस्तो कार्यले बैंकिङ क्षेत्र लगायत ठुला ठुला वित्तीय स्रोत भएका संस्थाहरुका लागि पनि उपयोगी हुने उनले बताए । संस्था खोल्नका लागि खोल्ने भन्दा पनि व्यवसायिक रुपमै काम गरौ भन्ने समुह भएकाले यसले भोलिका दिनमा नेपालको वित्तीय क्षेत्रमा राम्रो प्रभाव पार्ने झा बताउछन् ।

ऐनमा फण्ड म्यानेजर र एसेट म्यानेजरको व्यवस्था भए पनि यस सम्बन्धी नियमावली, निर्देशनहरु भने बनिसकेको छैन । यसका लागि पहल गर्नु पर्ने देखिएको छ ।

अहिले भएका मर्चेन्ट बैंकरहरुले आइपिओ निष्काशन गर्ने, डिपि लगायतका केहि सामान्य सेवा दिदै आए पनि उनिहरुले दक्षताका साथ फण्ड म्यानेजर र एसेट म्यानेजरको काम गर्न सकिरहेका छैनन् । अहिले मर्चेन्ट बैंकरहरुले गरिरहेको काम ब्रोकर आफैले गर्न सक्ने काम भएको हुँदा वास्तविक रुपमा मर्चेन्ट बैंकरहरुको काम अझ बृहत रहेको आचार्यको तर्क छ ।

नेपालमा सरकारी गैर सरकारी स्तरको खर्बौ रुपैयाँको फण्ड रहेको छ । तर उनिहरुसँग व्यवसायिक कोष व्यवस्थापक भने छैन । आजका दिनमा कर्मचारी सञ्चयकोषसँग ३ खर्ब भन्दा धेरै रकम छ, नेपाल आर्मीसँग एक खर्ब भन्दा धेरै छ, नेपाल टेलिकम सँग एक खर्ब भन्दा धेरै रकम छ । तर यस्ता कोषको व्यवस्थापन लोकसेवा आयोगबाट सामान्य ज्ञान पास गरेर आएका कर्मचारीहरुले गर्छन् ।

उनिहरुले कहिले पनि कोष व्यवस्थापनका क्रममा कुनै पनि जोखिम लिदैनन् । किनभने उनिहरुले लोकसेवामा पास गर्नका लागि बाहेक बाँकी अध्ययन नै गर्दैनन् । यस अर्थमा नेपालमा सरकारी क्षेत्रका वित्त कम्पनीहरुको फण्ड व्यवस्थापन हुन सकेको छैन । यस्ता ठुला ठुला फण्डको सदुपयोग नहुनु भनेको देशको अर्थतन्त्रमा घाटा हुनु हो । जति धेरै फण्ड व्यवस्थापन हुन सक्यो हामो विकास पनि त्यहि हिसावले अगाडी बढ्छ ।

अहिले जति कोषहरु छन् ति सबै बैंकहरुको मुद्दती निक्षेपमा पैसा राखेर बसिरहेका छन् । बैंकबाट आएको व्याजबाट तलब खाने बाहेक केहि पनि उपलब्धी हुन सकेको छैन । नेपालमा सार्वजनिक क्षेत्रका कोषहरुलाई जोड्यो भने १० खर्ब भन्दा माथि नै पुग्छ ।

अर्को तर्फ नेपालका बैंकहरुले कोर बैंकिङ गर्ने गरेको पाइदैन । सामान्य निक्षेप संलकन गर्ने र कर्जा लगानी गर्ने बाहेक अन्य काम गर्दैनन् । बैंकहरु सँग विशेषज्ञता छैन । यदि जलविद्युत आयोजनाका लागि कर्जा दिनु पर्यो भने बाहिरबाट इन्जिनियर सँग सल्लाह लिनु पर्छ । जग्गाको नक्सा पनि पढ्न नजान्ने कर्मचारीका कारण अहिले बैंकका माथिल्लो तहका व्यक्तिहरु विवादमा तानिएका छन् । अर्को तर्फ बाहिरका मानिसहरु सँग सल्लाह लिएर काम गर्दा कतिपय सिइओहरु जल नै जानु परिरहेको छ ।

बैंकहरुले यस्तै फण्ड र एसेट व्यवस्थापन गर्ने कम्पनीहरुलाई जिम्मा दिनु पर्ने देखिन्छ । त्यसैले गर्दा एसेट म्यानेजरको पनि नेपालमा धेरै नै स्कोप रहेको आचार्य बताउछन् । बैंकहरुको नन बैंकिङ एसेट खर्बौ रुपैयाँको छ । यदि कसैले कर्जा तिरेन भने ३५ दिनको सूचना जारी गर्ने र आवेदन दिनलाई बेच्ने काम गरिरहेका छन् । यदि कोहि पनि आएन भने कि त आफैले सकार्ने होइन भने त्यतिकै छाडिदिने काम भइरहेको छ । यस्तो अभ्यासले गर्दा नेपालमा बैंकहरुले अर्बौ रुपैयाँको सम्पत्ती व्यवस्थापन गर्नु पर्ने देखिन्छ । यदि व्यवसायिक एसेट म्यानेजमेन्ट गर्ने कम्पनीहरुलाई व्यवस्थापन गर्न दिने हो भने उनिहरुले उक्त सम्पत्ती बिक्री गरेर हुन्छ कि अन्य कुनै उपाय लगाएर हुन्छ व्यवस्थापन गर्छन् । यसले गर्दा बैंकहरुलाई पनि सहज हुन्छ र उनिहरुसँग लगानी योग्य रकम बढेर जान्छ ।

केहि वर्ष अगाडी बैंकहरु आफै मिलेर एसेट म्यानेजमेन्ट कम्पनी खोल्ने विषयमा छलफल भएको थियो तर अहिलेसम्म पनि आउन सकेको छैन । तर एलिट क्यापिटलले नेपालमै पहिलो पटक यस्तो काम गर्ने लक्ष्य लिएको छ ।

यस क्यापिटलले अर्को काम नेपाली शेयर बजारमा प्रविधि भित्र्याउनका लागि काम गर्ने लक्ष्य लिएको छ । यसका लागि क्यापिटलले केहि प्राविधिक व्यक्तिहरुलाई पनि साथ लिएको छ । क्यापिटलमा लगानी गरेका तीन एनआरएन लगानीकर्ताले पनि विदेशबाट प्रविधि भित्र्याउन ठुलो भुमिका निर्वाह गर्ने आचार्यले जानकारी दिए । नेपालको शेयर बजारमा अहलेसम्म पनि विश्वस्तरिय प्रविधिको उपयोग नभएको हुँदा त्यस्ता प्रविधि भित्र्याउनका लागि यस क्यापिटलले महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएको छ ।

क्यापिटलले सञ्चालन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डमा अध्यक्ष नहुँदा यसको प्रकृयाँ अगाडी बढ्न सकेको छैन । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर कतिपय कामहरु भने सुरु गरिसकेको छ । क्यापिटलले प्राविधिक जनशक्ति तयार पार्नेदेखि लिएर विदेशबाट प्रविधि भित्र्याउनका लागि आवस्यक तयारी पनि सुरु गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS