नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सामलिङ्ग पावर र न्यादी हाइड्रोपावर कम्पनीको आईपीओ सूचिकृत भएको छ । दुवै कम्पनीको भोलि बिहीबारदेखि कारोबारमा आउनेगरि आईपीअ‍ो सूचिकृत भएको हो ।

सामलिङ पावरको ५० लाख कित्ता आईपीओ सूचिकृत भएको हो । अब कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछन । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्यरेञ्ज ९८ रुपैयाँ ७७ पैसादेखि २९५ दशमलव ३१ तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्यरेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल एसपिसी रहेको छ ।

सर्वसाधारणको लागि निष्काशन गरेको ७ लाख ३० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका लागि निष्काशन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो । मंसिर ८ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको हो ।

त्यस्तै, न्यादी हाइड्रोपावर कम्पनीको कम्पनीको १ करोड ५० लाख कित्ता आईपीओ सूचिकृत भएको हो । अब कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ दशमलव ३९ ओपन रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । कम्पनीको सिम्बोल एनवाइएडीआई रहेको छ ।

कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको २५ लाख ५० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको १५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको लगानी गरेको १ करोड ९ लाख ५० हजार कित्ता गरेर कुल १ करोड ५० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार