सिद्धार्थ बैंकले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति हुनुपर्ने ?

काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी जुनियर असिस्टेनका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले काठमाडौं उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । बैंकले उपत्यकाभित्रका लागि बिजनेश र म्यानेजमेन्टमा स्नातक तह उत्तीर्ण गरी ६० प्रतिशत अर्थात ३.२५ जिपीए ल्याएको हुनुपर्ने तथा उपत्यका बाहिरका लागि बिजनेश र म्यानेजमेन्ट स्नातक तह उत्तीर्ण गरी ५० प्रतिशत अर्थात २.५० जिपिए ल्याएको हुनुपर्ने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले मंसिर २२ गते बैंकिङ समयभित्र आवेदन दिनुपर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार