शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आँखुखोला जलविद्युतको आग्रह

काठमाडौं । आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर तथा संस्थापक शेयर नेप्से र सिडिएस तथा क्लियरिङमा सूचिकृत गराइसकेकाले शेयर अभौतिकीकरण गर्न शेयरधनीलाई आग्रह गरेको हो ।

कम्पनीबाट सटही हुँदै आएको शेयर सर्टिफिकेट कार्य बन्द भइसके छ । त्यसकारण संस्थापक शेयरधनीले पुरानो सर्टिफिकेट लिएर कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटलबाट नयाँ सर्टिफिकेट लिई आफ्नो निक्षेप सदस्यकोमा सम्पर्क गरी शेयर अभौतिकीकरण गर्न आग्रह गरेको हो ।

कम्पनीले आयोजना प्रभावित स्थानीय शेयरधनीहरुलाई पनि कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटलमा सम्पर्क राखी शेयर सर्टिफिकेट लिएर निक्षेप सदस्यकोमा सम्पर्क गरी डीआरएन मार्फत शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार