IME Life

केन्द्रिय कार्यालयले व्यवसायका लागि मात्रै दवाव दिदा समस्या भएको पोखराका शाखा प्रमुखको गुनासो

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले पोखरामा रहेका बीमा कम्पनीका शाखा प्रमुखहरु सँग अण्डराइटिङसँग सम्बन्धित समस्या र समाधान विषयमा अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिको निर्देशक पुजन ढुङ्गेल अधिकारीको संयोजकत्वमा सम्पन्न भएको यस कार्यक्रममा पोखरामा रहेका सम्पुर्ण जीवन तथा निर्जीवन बीमा कम्पनीहरुका शाखा प्रमुखहरुको उपस्थिति थियो । कार्यक्रममा ३० भन्दा धेरै शाखा प्रमुखहरुको उपस्थिति थियो ।

Prabhu
Crest

निर्देशक ढुङ्गेलले अण्डराइटिङ सम्बन्धी प्रस्तुती दिएकी थिइन् । उनले अण्डराइटिङ गर्दा ध्यान दिनु पर्ने कुराहरु, कानुनी व्यवस्थाको वारेमा जानकारी दिएकी थिइन् ।  कार्यक्रममा सहभागीहरुले समिति समक्ष अण्डराइटिङका क्रममा आफुले भोगेका समस्याहरुको वारेमा जानकारी गराएका थिए । केन्द्रिय कार्यालयले विजनेस ल्याउन मात्रै दवाव दिदा पुर्ण रुपमा अण्डराइटिङ गर्नलाई नै समस्या भएको उल्लेख गरेका छन् ।

उनिहरुले केन्द्रिय कार्यालयबाट धेरै टार्गेट दिदा अण्डराइटिङमा ध्यान दिन नपाएको गुनासो गरेका थिए । शाखा प्रमुखहरुले बीमा समितिबाट पछिल्लो समयमा जारी भएका निर्देशनहरुले काम गर्न सहज भएको जानकारी दिएका थिए । व्याक डेटमा बीमा गर्न रोक लगाए सँगै काम गर्न नै सहज भएको उनिहरुको भनाइ थियो ।

सहभागीहरुले यस्तो कार्यक्रम बीमा समितिले निरन्तर रुपमा आयोजना गर्नु पर्ने माग राखेका छन् । शाखा प्रमुखहरुले दिएका सुझाव तथा गुनासोहरु बीमा समितिमा रिपोर्ट गर्ने प्रवद्धता व्यक्त गरिएको उप निर्देशक निर्मल अधिकारीले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS