IME Life

पाँच जीवन बीमा कम्पनीको नाफा घट्यो, कुनको अवस्था कस्तो ? तथ्याङक सहित

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमाससम्ममा १९ जीवन बीमा कम्पनीमध्ये पाँच कम्पनीको मुनाफा घटको छ । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार नेशनल लाइफ, मेट लाइफ, गुराँस लाइफ, एलआइसी नेपाल र नेपाल लाइफको नाफा घटेको हो ।

१९ जीवन बीमा कम्पनीहरुले यस अवधिसमा १ अर्ब ८ करोड ३८ लाख २८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले १ अर्ब २६ करोड २७ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको नाफा १४ दशमलव १७ प्रतिशतले गिरावट आएको हो ।

Prabhu
Crest

यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा घटबढ हुने भएकोले वित्तीय विवरणमा प्रकाशित मुनाफा अन्तिम मुनाफाको रुपमा समेत रहदैन । प्रतिशतका आधारमा सबैभन्दा धेरै मुनाफा सन नेपाल लाइफले बृद्धि गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ९७ प्रतिशतले बृद्धि गरेको छ ।

यस अवधिमा सबैभन्दा धेरै प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १ दशमलव ४९ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले १२ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

सूर्या लाइफले ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ११ प्रतिशतले बढी हो । एशियन लाइफले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २ प्रतिशतले बृद्धि गरी ९ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २७ प्रतिशतले बृद्धि गरेको हो ।

यस समिक्षा अवधिमा रिलायबल नेपाल लाइफले ७ करोड ४५ लाख रुपैयाँ, सिटिजन लाइफले ६ करोड २२ लाख,सन नेपाल लाइफले ५ करोड २ लाख,सानिमा लाइफले ४ करोड ३८ लाख,आइएमई लाइफले ४ करोड ३६ लाख,रिलायन्स लाइफले ४ करोड १५ लाख रुपैयाँ,यूनियन लाइफले ३ करोड ४४ लाख, प्रभु लाइफले ३ करोड ३१ लाख, महालक्ष्मी लाइफले २ करोड ५४ लाख र राष्ट्रिय बीमा संस्थानले १ करोड ५६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

पाँच कम्पनीको नाफा घट्यो
यस समिक्षा अवधिमा पाँच कम्पनीको नाफा घटेको छ । बीमा समितिका अनुसार कम्पनीहरुले २० प्रतिशत बोनश प्रोभिजिङ गर्नुपर्ने भएकाले कम्पनीहरुको नाफामा दवाव आएको हो । यस अवधिमा नेशनल लाइफको नाफ गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ८ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

मेट लाइफको नाफा गत आर्थिक वर्षको तुलनामा १० प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ६ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको छ । गुराँस लाइफको नाफा ४ प्रतिशतले घटेको छ । यस अवधिमा कम्पनीले ४ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । एलआइसी नेपालको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशतले घटेको छ । नेपाल लाइफको नाफा गत आर्थिक वर्षको सोेही अवधिको तुलनामा ९६ प्रतिशतले गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS