IME Life

नेपाल पुनर्बीमाले आफ्नै संस्थापक कम्पनीको व्यवसाय लिन पाउने कि नपाउने, अध्यक्ष सिलवालको प्रश्न

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल पुनर्बीमा कम्पनीमा अहिले लगानी गरिरहेका बीमा कम्पनीले नै व्यवसाय दिइरहेको अभ्यासलाई लिएर सैद्धान्तिक रुपमा प्रश्न उठाएका छन् । बीमा सिद्धान्त अनुसार बीमा कम्पनीका संस्थापक लगानीकर्ताले आफ्नो व्यवसाय आफ्नै कम्पनीमा दिन पाइदैन । नेपाल पुनर्बीमा कम्पनीमा हाल २५ वटा बीमा कम्पनीहरुको लगानी रहेको छ । उनिहरु सबै संस्थापक लगानीकर्ताहरु हुन् । नेपाल पुनर्बीमाले सम्पुर्ण कम्पनीहरुको व्यवसाय लिदै आएको छ । संस्थापककै व्यवसाय लिदा स्वार्थ बाझिन सक्ने तथा अन्य विविध किसिमका अवान्छित गतिविधि हुन सक्ने अनुमानका आधारमा सिद्धान्तत संस्थापक तथा प्रमुख शेयरधनीहरुले आफ्नो व्यवसाय आफ्नै कम्पनीमा दिन पाइदैन ।

तर हिजोका दिनमा नेपाल पुनर्बीमा कम्पनी जुन हिसावले, जुन अवधारणाले स्थापना भएको थियो त्यससलाई पनि विर्सन नहुने विज्ञहरु बताउछन् । नेपाल सरकार सहित नेपाली बीमा कम्पनीहरुको प्रवर्द्धनमा स्थापना भएको यस कम्पनीको व्यवसायिक अभ्यासलाई लिएर अध्यक्ष सिलवालले प्रश्न उठाएका छन् । सिलवालले नेपाल पुनर्बीमा कम्पनीले आयोजना गरेकै कार्यक्रममा यस्तो प्रश्न उठाएका थिए ।

Prabhu
Crest

अध्यक्ष सिलवालले यो विषय आफुले नै उठाएको भन्दै छलफलको आवस्यकता रहेको इन्स्योरेन्स खवरलाई बताए । अहिले नै यो गर्नु हुन्छ यो गर्नु हुँदैन भन्नु भन्दा पनि छलफलका लागि अगाडी सारिएको उनले जानकारी दिए ।

हिमालयन रिइन्स्योरेन्स कम्पनी आउनु भन्दा अगाडी यो विषयमा प्रश्न नगर्ने बीमा समितिले नयाँ कम्पनी आए सँगै अध्यक्षले नै यस्तो प्रश्न गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ । समितिले गत असारमा हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिए सँगै नेपाल पुनर्बीमा कम्पनीको व्यवसायलाई लिएर विभिन्न किसिमका टिकाटिप्पणी उठ्न थालेको छ ।

गत साउनमै हिमालयन रिका सञ्चालक तथा संस्थापकहरुले नेपाल सरकार सँग आफुलाई पनि डाइरेक्सेसन चाहियो भन्दै माग राखेका थिए । अहिले अध्यक्ष सिलवालले उठाएको शैद्धान्तिक प्रश्न पनि हिमालयन रिबाट प्रभावित भएको हो कि भन्ने प्रश्न उठेको छ । यदि अध्यक्ष सिलवालले भने जस्तो भयो भने नेपाल पुनर्बीमा कम्पनीलाई स्वेदशी २६ वटा बीमा कम्पनीहरुले व्यवसाय दिन पाउदैनन् । यसको प्रत्यक्ष फाइदा हिमालयन रिले उठाउने देखिन्छ । यदि सिलवालले उठाएको प्रश्न कार्यान्वयन हुने भयो भने नेपाली बीमा कम्पनीहरुले कि त नेपाल पुनर्बीमाको शेयर बिक्री गर्नु पर्छ होइन भने व्यवसाय गर्न विदेशिनु पर्ने बाध्याता हुनेछ ।

अध्यक्ष सिलवालले उठाएको यस्तो प्रश्नले नेपाल पुनर्बीमा कम्पनीलाई व्यवसायमा ठुलो क्षति पुग्ने देखिन्छ । अध्यक्ष सिलवालले यसका साथै अवको तीन वर्षसम्म मात्रै नेपाल पुनर्बीमाले डाइरेक्सेसनको सुविधा पाउने तर्क गरेका छन् । यि दुबै कदम नेपाल पुनर्बीमाको हितमा छैन । डाइरेक्सेसनबाट टिकिरहेको नेपाल पुनर्बीमाले आफ्नो व्यवसाय विस्तार तथा सेवा सुविधामा विशेष ध्यान दिनु पर्ने देखिएको हो । अर्को तर्फ नेपालका ठुला व्यवसायिक समुहले स्थापना गरेको हिमालयनको राजनीतिक सिकारमा सरकारको लगानी भएको नेपाल पुनर्बीमा कम्पनी पर्ने देखिएको छ ।

संस्थापक तथा प्रमुख लगानीकर्ताले आफ्नो बीमा आफ्नै कम्पनीमा गर्न पाउने व्यवस्था सिद्धान्तत ठिक भए पनि यो सिद्धान्त पुनर्बीमामा लागु नहुने अध्यक्ष डा. रविन्द्र घिमिरेको तर्को छ । विश्वमा पुनर्बीमा कम्पनीहरुले अन्य बीमा कम्पनीहरु खोल्ने अभ्यास रहेकोमा नेपालमा भने बीमा कम्पनीहरुले पुनर्बीमा कम्पनी खोल्दा यस्तो मत उठेको उनको तर्क छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS