SKIP THIS

IK Anniversary
IME Life

नेपाल पुनर्बीमाले डाइरेक्सेसनको सुविधा तीन वर्ष मात्रै पाउने

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले हाल नेपाल पुनर्बीमा कम्पनीले पाउदै आएको डाइरेक्सेसनलाई अवको केहि वर्ष मात्रै दिन पाउने गरि छलफल अगाडी बढाएको छ । डाइरेक्सेसनको विषयलाई लिएर धेरै प्रश्न उठेपछि अर्थमन्त्रालयले बीमा समिति सँग यसको समाधान के के हुन सक्छ विकल्प पेश गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयको उक्त निर्देशन पछि समितिले यसको छलफल प्रक्रिया अगाडी बढाएको छ । अध्यक्ष सिलवालले नेपाल पुनर्बीमा कम्पनीले गत शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै कम्पनीले अहिलेसम्म पाउदै आएको डाइरेक्सेसन अवको तीन वर्षसम्म मात्रै निरन्तरता पाउने अभिव्यक्ति दिएका थिए । मन्त्रालयले यस विषमा प्रश्न गरेपछि कहिलेसम्म डाइसेक्सेसन दिने भनेर छलफल प्रक्रिया अगाडी बढेको उनले बताए । उनले भने ‘यस विषयमा अहिलेसम्म बोर्डले निर्णय गरेको छैन तर तीन वर्ष पछि नपाउने भन्ने प्रस्ताव चाँही गरिएको हो । यो पनि कुराकानीका क्रममा गरिएको प्रस्ताव भएकाले ठोस निर्णय भएको छैन ।’

Prabhu
Crest

भारत तथा अन्य दक्षिण एशियाली देशहरुले अझै पनि स्वदेशी पुनर्बीमा कम्पनीहरुमा डाइरेक्सेसनको व्यवस्था गरेको पाइन्छ । बंगलादेशमा सबैभन्दा धेरै ५० प्रतिशतसम्म स्वदेशी पुनर्बीमा कम्पनीमा डाइरेक्सेसनको व्यवस्था रहेको पुनर्बीमा विज्ञ बताउछन् । तर नेपालमा भने यति थोरै डाइरेक्सेसनलाई लिएर विरोध भएकोमा आश्चर्य व्यक्त गर्छन् । त्यसमा पनि नेपाल पुनर्बीमामा २६ वटा बीमा कम्पनीहरुको शेयर लगानी रहेको पाइन्छ ।

अहिले सञ्चालनमा रहेका बीमा कम्पनीहरुले विदेशी पुनर्बीमा कम्पनीबाट कमिशन लगायत विभिन्न सुविधा पाउने गरेका छन् । कतिपय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका कर्मचारीहरु यसैका कारणले विदेश भ्रमणमा समेत जाने गरेको पाइन्छ । तर नेपाल पुनर्बीमा कम्पनीले बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापनलाई घुमाउनेदेखि लिएर अन्य सुविधा दिदैनन् । यसले गर्दा पनि यो विषयमा बीमा कम्पनीहरुको चर्को विरोध सुन्न पाइन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS