लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाउको छ ।

उक्त शेयरको मूल्य प्रतिकित्ता २५० रुपैयाँमा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ । उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन पेश गर्नुपर्ने हुन्छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा बीमा समितिको निर्देशन, तथा प्रचलित कानून बमोजिम अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार