IME Life

एलआईसी नेपालको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ७० रुपैयाँसम्म पाउने

SPIL
NIC ASIA

काठमाडौं ।  फ्युचर बोनसको प्रोभिजनिङले गर्दा एलआइसी नेपालले बोनसदरलाई स्थितर राख्न सफल  भने भएन  । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा  बीमा कम्पनीको बोनसदर स्वत घट्छ कम्पनीले बोनसदरलाई नघटाइ अघिल्लो आर्थिक वर्ष २०७५/७६ कै बोनसदरलाई निरन्तरता दिन भने असफल भएको हो ।आर्थिक वर्ष २०७५/७६ मा बीमितले पाउने न्युनतम ६६ रुपैयाँ र अधिकतम बोनसदर ८० रुपैयाँसम्म थियो भने  आर्थिक वर्ष २०७६/२०७७ को बोनसदर क्रमश ३१.८२ प्रतिशत र १२.५ प्रतिशत घटेर न्युनतम ४५ रुपैयाँ र अधिकतम ७० रुपैयाँ कायम भएको छ।

एलआइसी नेपालले आर्थिक वर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीको  आर्थिक वर्ष २०७६/२०७७ को लेखाजोखा तथा दायित्व मुल्याङ्कन सम्बन्धी बीमाङ्कीबाट तयार गरिएका बिमाङ्कीय प्रतिवेदन बीमा समितिको २०७८ कार्तिक ३० गतेको पत्र मार्फत स्वीकृत भई कम्पनीको मुनाफामा सारिक हुने गरी जारी गरिएका बीमालेखहरुमा दिने बोनस दर प्रतिहजार न्युनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म घोषणा गरेको हो ।

Prabhu
Crest

सावाधिक(३३३),जीवन बीद्या(३५२),जीवन साथी (३५७) बीमा योजना
कम्पनीले सावाधिक(३३३),जीवन बीद्या(३५२),जीवन साथी (३५७) बीमा योजनामा प्रतिहजार न्युनतम ५४ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनश दिने भएको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ,२५ देखि माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १ लाख ९८ हजार ८२४ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस पाउनेछन् ।

जीवन आनन्द(३४२) बीमा योजना
त्यस्तै, जीवन आनन्द(३४२) बीमा योजनामा कम्पनीले प्रति हजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६२ रुपैयाँ, २५ देखि माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १ लाख ३ हजार ९९५ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५८ रुपैयाँ बोनस पाउनेछन् ।

बाल सावाधिक(३४९) बीमा योजना
बाल सावाधिक(३४९) बीमा योजनामा कम्पनीले प्रतिहजार ५५ रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने भएको छ । यस बीमा योजनमा १५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ,२५ देखि २९ वर्ष अवधिको लागि प्रतिहजार ६८ रुपैयाँ र ३० देखि माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोनस दिने घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ देखि १९ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको ४१ हजार ६१९ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५५ रुपैयाँ बोनस पाउनेछन् ।

धन बृष्टि(३५८) बीमा योजना
धन बृष्टि(३५८) बीमा योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ बोनस दिने भएको छ ।

धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजना
त्यसैगरी धन फिर्ता(३३४,३३५,३३६,३३७,३३९,३४३) बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । यस बीमा योजनमा ५ देखि ९ वर्ष अवधिको लागि प्रतिहजार ५४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको लागि प्रतिहजार ५५ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रतिहजार ६० रुपैयाँ,२५ देदि माथि अवधिको लागि प्रतिहजार ७० रुपैयाँ बोन दिने घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १५ वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको २३ हजार ४८ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५६ रुपैयाँ बोनस पाउनेछन् ।

बाल ममता(३४०) र बाल स्नेह(३४१) बीमा योजना
बाल ममता(३४०) र बाल स्नेह(३४१) बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५५ रुपैयाँ,१६ देखि २० वर्ष अवधिको लागि प्रति हजार प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको लागि प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै १६ देखि २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १९ हजार १२ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ५७ रुपैयाँ बोनस पाउनेछन् ।

जीवन तरग(३४५) बीमा योजना
जीवन तरग(३४५) बीमा योजनामा कम्पनीले १० वर्ष अवधिको लागि प्रतिहजार ५६ रुपैयाँ, १५ वर्ष अवधिको लागि ५८ रुपैयाँ, २० वर्ष अवधिको लागि प्रतिहजार ६७ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ । यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २० वर्ष अवधिको योजना खरिद भएको छ । यस अवधिको १५ हजार ५५४ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ६७ रुपैयाँ बोनस पाउनेछन् ।

जीवन बचत(३५९) बीमा योजना
जीवन बचत(३५९) बीमा योजनामा कम्पनीले न्युनतम प्रतिहजार ४५ रुपैयाँदेखि ६६ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ४५ रुपैयाँ,१० वर्षदेखि १४ वर्ष अवधिको बीमा योजनामा प्रतिहजार ४८ रुपैयाँ, १५ वर्षदेखि १९ वर्ष अवधिको लागि प्रतिहजार ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको लागि प्रतिहजार ६६ रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

यस बीमा योजन अन्तर्गत सबैभन्दा धेरै २५ वर्षदेखि माथिको योजना खरिद भएको छ । यस अवधिको ५४९ वटा बीमालेख खरिद भएका हुन् । यस अवधिमामा बीमितले प्रतिहजार ६६ रुपैयाँ बोनस पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS