IME Life

क्वोल्हसोथर गाउँपालिकामा बीमा समिति, दाबी भुक्तानीलाई सहज बनाउन माग

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले जमजुङ जिल्लाको क्वोल्हसोथर गाउँपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिको निर्देशक पुजन ढुङ्गेल अधिकारीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा उप निर्देशक निर्मल अधिकारी र सहायक निर्देशक पुष्पा कुवरको उपस्थिति थियो ।

Prabhu
Crest

कार्यक्रममा गाउँपालिकाका प्रमुख, उप प्रमुख, जन प्रतिनिधिहरु, उद्योगी, व्यवसायी, कृषक सहित ७० जना भन्दा धेरैको सहभागिता थियो । समितिका निर्देशक पुजन ढुङ्गेलले सहभागीहरुलाई बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुती दिएकी थिइन् । उनले बीमाको महत्व, बीमाका फाइदाहरु, बीमा कसरी गर्ने, दाबी कसरी प्राप्त गर्ने लगायतका विषयमा जानकारी दिएकी थिइन । यसका साथै उनले स्थानीय निकायलाई आफ्नो सेवा प्रवाहमा बीमालाई पनि टाइअप गरेर अगाडी बढ्न सुझाव दिएको थिइन् ।

कार्यक्रमलाई संवोधन गर्दै गाउँपालिका प्रमुखले बीमा गर्न जति सहज छ त्यो भन्दा धेरै दाबी पाउनमा समस्या रहेको उल्लेख गरेका थिए । उनले यस क्षेत्रमा बीमाको पहुँच बढाउन गाउँपालिका प्रतिवद्ध रहेको उल्लेख गरेका छन् । सहभागीहरुले कृषि बीमाको दाबी भुक्तानीलाई लिएर गुनासो गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS