IME Life

कोरोना महामारीले बीमा दाबी ह्वात्तै बढेपछि बीमाशुल्क पनि महँगिंदै, नेपालमा कस्तो असर पर्ला

SPIL
NIC ASIA

काठमाण्डौं । कोरोना महामारीको साथै प्राकृतिक विपत्तिका कारण बीमा दाबीमा ह्वात्तै बढेपछि पूनर्बीमा कम्पनीहरुले बीमाशुल्क वृद्धि गर्ने भएका छन् । बीमा दाबीको अंश बढ्दा मुनाफा घट्ने र घाटा समेत व्यहोर्नुपर्ने स्थिति आउने सक्ने पूर्वानुमानसहित विश्वका ठूला पूनर्बीमकहरुले बीमाशुल्क वृद्धि गर्ने जानकारी बिमकहरुलाई गराएका छन् ।

अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी एम एम वेष्ट, एस एण्ड पि लगायतले गरेको सर्वेक्षण अनुसार सन् २०२२ मा पूनर्बीमा शुल्कमध्ये म्यादी बीमाको शुल्क तुलनात्मकरुपमा महँगो हुने भएको छ । त्यसैगरी जीवन बीमाको पूनर्बीमा शुल्क पनि अहिलेको तुलनामा महँगिने रेटिङ एजेन्सीहरुले उल्लेख गरेका छन् । पूनर्बीमा शुल्क वृद्धि भएसँगै सर्वसाधारणले बीमाको लागि तिर्नुपर्ने बीमाशुल्कमा पनि यसको प्रभाव पर्ने छ । सावधिक जीवन बीमाको बीमाशुल्क बिमा अवधिभित्र स्थिर रहन्छ । तर नयाँ जीवन बीमा गर्ने बीमितहरुले तुलनात्मकरुपमा महँगो बीमाशुल्क तिर्नुपर्ने हुनसक्छ ।

Prabhu
Crest

बीमा कम्पनीहरुले आफ्नो वित्तीय क्षमताले भ्याउने भन्दा बढी जोखिम पूनर्बीमा कम्पनीहरुलाई हस्तान्तरण गर्ने अभ्यास रहेको छ । पूनर्बीमा कम्पनीले बीमा कम्पनीहरुबाट जोखिम ग्रहण गरेवापत पूनर्बीमाशुल्क प्राप्त गर्छन् । भारतीय समाचार गृह इकोनोमिक्स टाइम्सका अनुसार भारतीय बिमकहरुका अनुसार २० देखि ४० प्रतिशतसम्म बीमाशुल्क महँगिने अनुमान गरिएको छ । साना बिमकहरुले पूनर्बीमा कम्पनीसँग मोलमोलाई गर्न सक्ने क्षमता कमजोर हुने भएकोले सबैभन्दा बढी साना कम्पनीका बीमितहरु प्रभावित हुनेछ ।

भारतको ठूलो जीवन बिमक भारतीय जीवन बीमा कम्पनी(एलआइसी)ले पूनर्बीमा शुल्क वृद्धिको प्रभाव पर्न नदिनको लागी पूनर्बीमकसँग मोलमोलाई गरिरहेको इकोनोमिक्स टाइम्सले उल्लेख गरेको छ । नेपालमा पनि पछिल्लो समयमा कूल मृत्यु दाबीमध्ये ६० प्रतिशत संख्या कोरोना संक्रमणको कारण ज्यान गुमाएका बीमितहरुको रहेको अनुमान गरिएको छ ।

बीमा समितिले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७।७८ को तथ्यांक अनुसार १९ वटा जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा ३५ अर्ब ४५ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । अघिल्लो आ.व. २०७६।७७ को तुलनामा दाबी भुक्तानीमा ६७.४४ प्रतिशतले वृद्धि भएको हो । बिमकहरुका अनुसार कोरोना महामारीका कारण मृत्यु दाबी बढ्दा यसको असर दाबी भुक्तानीमा समेत पर्न गएको हो । दाबी भुक्तानी वृद्धि भएका कारण पूनर्बीमक कम्पनीहरुको मुनाफाको हिस्सामा गिरावट आउँदा पूनर्बीमकहरुले कतिपय नयाँ जीवन बीमा योजनामा पूनर्बीमा समर्थन गर्न अस्वीकार गर्न थालेका छन् ।

विदेशी पूनर्बीमा कम्पनीले अस्वीकार गरेको बीमा योजनाहरु नेपाल पूनर्बीमा कम्पनीमार्फत् गराएर बीमा योजना कार्यान्वयन गर्नुपर्ने अवस्था देखिएको छ । नेपालको जीवन बीमा कम्पनीहरुको लागी अधिकांश पूनर्बीमा सेवा हनोभर रि, स्कर से पूनर्बीमा कम्पनीले उपलब्ध गराउँदै आएका छन् ।

विदेशी पुनर्बीमा कम्पनीहरुले पुनर्बीमा शुल्क बढाए पनि यसको प्रभाव तत्कालका लागि नेपाली बीमा बजारमा नपर्ने बीमा विज्ञ भोजराज शर्मा बताउछन् । यदि दर तलमाथि हुने भयो भने असार पछि मात्रै हुने उनको तर्क छ । अधिकाम्स बीमा कम्पनीहरुले असारमै ट्रिटी गरिसकेका हुन्छन् । त्यसमा पनि अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा दर तलमाथी भइरहने भएकाले नेपाली बीमा कम्पनीहरुले खासै वास्ता गर्ने गरेको पाइदैन । यदि दर परिवर्तन हुने भएमा जेठ पछि मात्रै थाहा हुने शर्माको विश्लेषण छ । कम्पनीहरुले साउन एक गतेदेखि लागु हुने गरी दर तय गर्ने भएकाले जेठदेखि नै दरका लागि छलफल हुनेछ ।

कोभिड १९ का कारण अहिले पुनर्बीमा कम्पनीहरुले दर बढाउन थाले पनि भोलिका दिनमा सप्लाइ बढ्न थाल्यो भने ति नै कम्पनीहरुले दर घटाउन थाल्ने विज्ञहरु बताउछन् । हवाई दुर्घटना पछि पुनर्बीमा कम्पनीले दर बढाए पनि केहि समयको अन्तरालमै घटाएको उदाहरण रहेको शर्मा बताउछन् ।

नेपालको बीमा बजारमा अहिले पनि अस्वस्थ प्रतिस्पर्धा छ । कम्पनीहरुले सित्तैमा बीमा गर्न थाले पछि नन ट्यारिफलाई ट्यारिफ तय गर्नु परेको थियो । त्यसैले गर्दा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुले दर बढाउदैमा नेपाली बीमा कम्पनीहरुले तत्कालका तत्काल दर बढाउन सक्ने अवस्था भने छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS