IME Life

सानिमा लाइफ इन्स्योरेन्सले माग्यो ३ पदका लागि कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि दरखास्त सूचना प्रकाशित गरेको छ । यसले प्रदेश २ र ४ का लागि प्रमुख वित्त अधिकारी, मानव संसाधन विभागका लागि एचओडी र क्षेत्रीय प्रबन्धकको पदका लागि प्रतिस्पर्धी उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको छ।

प्रमुख वित्त अधिकारीका लागि न्यूनतम योग्यताहरू एफसिए, सिए वा मास्टर डिग्रीकाे साथै कम्तिमा ८ वर्षको अनुभव र कम्तिमा ३ वर्ष बीमा र बैंकिङ क्षेत्रमा व्यवस्थापकीय स्तरमा भएको हुनुपर्छ। त्यसैगरी मानव शंसाधन विभाग प्रमुख पदकाे लागी योग्यताहरू मानव संसाधनमा विशेषज्ञताको साथ मास्टर डिग्री (एमबीए / एमबीएस) र बीमा र बैंकिङ क्षेत्रमा कम्तिमा ३ वर्षको व्यवस्थापकीय स्तरको साथै मानव संशाधन व्यवस्थापनमा न्यूनतम ५ वर्षको अनुभव ।

Prabhu
Crest

साथै, कम्पनीले क्षेत्रीय प्रबन्धक पदका लागि सम्बन्धित क्षेत्रमा ३-४ वर्षको अनुभवसहित स्नातक डिग्री (स्नातकोत्तर उपाधि प्राथमिकता) रहेको उल्लेख गरेको छ । जीवन बीमा उत्पादनहरूको विस्तृत ज्ञान, व्यापार लक्ष्य हासिल गर्ने क्षमता र टोलीका सदस्यहरूसँग प्रभावकारी सञ्चार, उत्प्रेरित र मार्गदर्शन गर्ने क्षमताको हुनुपर्छ। इच्छुक व्यक्तिले मंसिर २० गतेसम्ममा [email protected] मा इमेलमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएकाे छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS