IME Life

कुन कुन जीवन बीमा कम्पनीले गरे लाभांश घोषणा ?

SPIL
NIC ASIA

काठमाण्डौं ।  नेप्सेमा सूचिकृत अन्य  कम्पनीहरुले आर्थिक वर्ष ७७/७८ को लाभांश घोषणा गरिसकेको बेला जीवन बीमा कम्पनीहरुले भने आर्थिक वर्ष ७६/७७ को लाभांश प्रस्ताव गरिरहेका छन् । बीमाङ्किय मुल्याङ्कनले  गर्दा जीवन बीमा कम्पनीहरुले अन्य कम्पनी भन्दा एक वर्ष ढिलो लाभांश प्रस्ताव गर्ने गरेको ईतिहास छ।

आर्थिक वर्ष २०७६/७७को  संचित  मुनाफाबाट ५ जीवन बीमा कम्पनीहरुले लाभांश प्रस्ताव गरेका छन् । लाभांश प्रस्ताव गर्नेमा एशियन लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ रहेका छन् । ५ कम्पनी मध्ये प्राइम लाईफले साधारण सभा  प्रयोजनका लागि बुक क्लोज मिति समेत घोषणा गरेको अवस्था छ । प्राइम लाईफले मंसिर १९ गते वार्षिक साधारण सभा बोलाउदै १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव ८७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्दै छ । कम्पनीले यही  मंसिर १० गते बुक क्लोज गर्दै छ । बुक क्लोजको आधारमा मंसिर ९ गते सम्म कायम शेयरधनीले प्रस्तावित लाभांश प्राप्त गर्ने छन् ।

Prabhu
Crest

त्यस्तै एशियन लाइफले २५ प्रतिशत बोनस शेयर र २ प्रतिशत नगद लाभांश, सूर्या लाइफले १२ दशमलव ७० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ६७ प्रतिशत नगद लाभांश, ज्योति लाइफले लाइफले ५ प्रतिशत बोनस शेयर र ५ दशमलव ५३ प्रतिशत नगद लाभांश र रिलायन्स लाइफले ५ दशमलव २६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बीमा समितिको स्विकृती र  साधारण सभाले  पास गरे पश्चात शेयरधनीहरुले प्राप्त गर्ने छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS