IME Life

राइनास नगरपालिकामा बीमा समिति, बीमा कम्पनीको शाखा कार्यालय खोल्न माग

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले लमजुङ जिल्लाको राइनास नगरपालिकामा बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिले ‘स्थानीय तहसँग बीमा समिति’ विषयक अन्तर्क्रिया तथा छलफल कार्यक्रममा नगरपालिकाका मेयर सिंह बहादुर थापा, उप मेयर धन कुमारी गुरुङ सहित सम्पुर्ण वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रममा स्थानीय तहमा रहेका विद्यालयका शिक्षक, व्यवसायी, कृषक तथा सर्वसाधारण सहित ७० भन्दा धेरैको उपस्थिति रहेको थियो ।

Prabhu
Crest

निर्देशक पुजन ढुङ्गेल अधिकारीले बीमा सम्बन्धी जानकारीमुलक प्रस्तुती दिएकी थिइन । प्रस्तुतिमा बीमाका फाइदाहरु, बीमा कसरी गर्ने, दाबी कसरी पाउने लगायतको जानकारी दिइएको थियो । समितिले स्थानीय निकायलाई आफ्नो सेवा सँग बीमालाई पनि टाइअप गर्न अनुरोध गरेको थियो । कार्यक्रममा उप निर्देशक निर्मल अधिकारीले स्वागत मन्तव्य दिएका थिए भने सहायक निर्देशक पुष्पा कुवरले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रमलाई संवोधन गर्दै मेयर थापाले कृषि बीमाको लागि सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यस क्षेत्रमा बीमा कम्पनीहरुको एउटा पनि शाखा कार्यालय नभएको भन्दै उनले शाखा कार्यालय स्थापनाका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS