खानी खोला हाइड्रोपावरको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले एक सुचना जारी गर्दै शेयर रजिष्ट्रार नियुक्त गरेको जनाएको छ ।

अब शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी लगायतका शेयरको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार