IME Life

भक्तपुर नगरपालिकामा बीमा समिति, दाबी भुक्तानीलाई प्राथमिकता दिन स्थानीयको अनुरोध

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले भक्तपुर नगरपालिकामा सरोकारवालहरु सँग बीमा सम्बन्धी जनचेतना मुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका उप निर्देशक सन्तोष कार्कीको संयोजकत्वमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति थिए । कार्यक्रममा उपमेयर रजनी जोशी, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, उद्योगी, व्यवसायी, शिक्षक, प्राचार्य, कृषक लगाय १२० जना भन्दा धेरैको उपस्थिति थियो ।

Prabhu
Crest

समितिको तर्फबाट भने कार्की सहित सहायक निर्देशक राम कोजु, सहायक निर्देशक मौनता धौवञ्जारले कार्यक्रम सम्पन्न गरेका हुन् । कार्यक्रममा उप निर्देशक कार्कीले बीमाको विषयमा जानकारिमुलक प्रस्तुतिकरण दिएका थिए । उनले स्थानीय निकायलाई आफ्नो सेवा सँग बीमालाई टाइअप गर्न समेत अनुरोध गरेका छन् ।

कार्यक्रममा सहभागि भएक अधिकाम्सले बीमा कम्पनीले समयमा दाबी भुक्तानी नदिएको भन्दै गुनासो गरेका थिए । बीमा कम्पनीमा बीमा गर्न जति सजिलो छ त्यो भन्दा धेरै गुणा दाबी पाउनका लागि दुःख भोग्नु परेको जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि मेयर प्रजापतिले बीमा व्यवसाय विस्वासमा टिक्ने भएकाले यसका लागि कम्पनीहरुले समयमा दाबी भुक्तानी गर्नु पर्ने तर्क राखेका थिए ।

उनले कम्पनीहरुलाई बीमाको विश्वसनियता बढाउनका लागि समयमा दाबी भुक्तानी गर्न समेत अनुरोध गरेका छन् । यदि बीमा कम्पनीहरुले विस्वसनियता बढाउने हो भने नेपाल सरकारको स्वास्थ्य बीमालाई जसरी अनिवार्य गरिएको छ त्यस्तै गरी सम्पत्ती बीमालाई पनि अनिवार्य गर्ने बताएका छन् । यदि बीमा कम्पनीले यस्तो विस्वनियता बढाउने हो भने भक्तपुर नगरपालिका मात्रै नभएर पुरै भुक्तपुरमै बीमालाई अनिवार्य गर्न पहल गर्न सक्ने जनाएका हुन् ।

यस क्षेत्रका कृषकहरुले धान बालिको बीमाको विषयमा गुनासो गरेका थिए । व्यसायिक कृषि कार्यक गर्दै आएका कृषकहरुले कृषि बीमाको विषयमा जानकारी लिएका थिए । कतिपयलाई बीमामा नेपाल सरकारले दिदै आएको अनुदानको जानकारी समेत नभएको पाइएको छ । बीमा समितिले आफ्नो प्रस्तुतिमा कृषि बीमामा नेपाल सरकारले दिदै आएको अनुदानको विषयमा जानकारी दिए पछि उनिहरु कृषि बीमा तर्फ आकर्षित भएका हुन् । कतिपयलाई दाबी भुक्तानी नै कसरी गर्ने समेत थाहा नभएको पाइएको छ । समितिले सहभागीहरुबाट आएका सम्पुर्ण गुनासोहरुको जवाफ दिएको थियो ।

बीमा समितिले पछिल्लो समय स्थानीय निकायहरुका जन प्रतिनिधिहरु सहितलाई एकै ठाउँमा राखेर बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम गर्नुका साथै स्थानीय निकायहरुलाई आफुले दिने सेवाहरुमा बीमालाई पनि टाइअप गर्न अनुरोध गर्दै आएको छ । समितले यस पटक एक सय भन्दा धेरै स्थानीय तहमा जाने लक्ष्य लिएको छ । हालसम्म ४० वटा भन्दा धेरै स्थानीय तहहरुमा यस्तो कार्यक्रम सम्पन्न गरिसकेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS