IME Life

बीमा क्षेत्रमा सर्वाधिक कर तिर्ने नेपाल पुनर्बीमा कम्पनी सम्मानित, यि हुन् कर दिवसमा सम्मान पाउनेहरु

SPIL
NIC ASIA

काठमाडौं । राष्ट्रिय कर दिवस २०७८ को अवसरमा बीमा क्षेत्रबाट सर्वाधिक कर तिर्ने नेपाल पुनर्बीमा कम्पनी सम्मानित भएको छ । कम्पनीले विगतका वर्षमा पनि सम्मान पाउदै आएको थियो । सरकारले कर दिवसको अवधिमा कम्पनीलाई सम्मान गरेको हो ।

सर्वाधिक कर बुझाउनेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) रहेको छ। निर्यात उद्योग तर्फ शशिरञ्जन मिश्र, डाबर नेपालले सर्वाधिक कर बुझाएका कारण सम्मानित भएको छ । विशेष उद्योगतर्फ एशियन पेन्टसका प्रमुख गोपाल श्रेष्ठ सम्मानित भएका छन् । कृषि उद्योगतर्फ पूर्वाञ्चल एग्रो टेक सम्मानित भएको छ।

Prabhu
Crest

लघुवित्त वित्तीय संस्थाहरुको तर्फ छिमेक लघुवित्त वित्तीय संस्था, वाणिज्य बैंक तर्फ नबिल बैंकले सर्वाधिक कर बुझाए बापत सम्मानित भएका हुन् । सेवा तर्फबाट नोबेल हस्पिटल, पर्यटनबाट तारागाउँ रिजेन्सी(ह्यात) सम्मानित भएको छ । त्यस्तै भाटभटेनीले पनि धेरै तिरेबापत सम्मानित भएको हो । हाइड्रोपावरको तर्फबाट हिमाल पावर कम्पनीले सम्मान पाएको छ ।

व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्नेमा यस पटक पनि सिद्धार्थ राणाले नै सम्मान पाएका छन् । सबैभन्दा बढी मूल्य अभिवृद्धि कर र आयकर बुझाउने उद्योगमा सूर्य नेपाल सम्मानित भएको छ। भ्याटमा अनुशासित भएको भन्दै घोराही सिमेन्टले सम्मान पाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS