IME Life

गौशालामा ट्रेड टावरको सिल्यान्यास, आइपिओ निष्काशन गर्ने योजना

SPIL
NIC ASIA

काठमाडौं । कंचनजंघा हाउजिङ्गले गौशालामा ट्रेड टावरको सिलान्यास गरेको छ । कम्पनीले प्राथमिक शेयर निष्काशन गर्ने योजना सहित ‘ट्रेड टावर गौशाला’ नामक विजनेस कम्प्लेक्स निर्माण गर्ने भएको हो ।

कम्पनीले साढे दुई वर्ष भित्रमा निर्माण कार्य सम्पन्न गर्ने योजना बनाएको छ । परियोजनाको कुल लागत ६५ करोड  रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जस मध्ये २६ करोड रुपैयाँ स्वीपूँजी, ३० करोड रुपैयाँ बैंकबाट कर्जा लिएर र ९ करोड रुपैयाँ अग्रिम बुकिङ्गबाट जुटाइने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

गौशाला स्थित पशुपतिनाथको दक्षिणतर्फ रिङ्रोडमा जोडिएको करिब ४ रोपनी जग्गा ३६ वर्षका लागि लिजमा लिएर निर्माण गर्न लागिएको हो । यो परियोझना बुट मोडेलमा सञ्चालन गरिने कम्पनीले जनाएको छ । यस कम्प्लेक्समा बेसमेन्ट सहितको पार्किङ रहनेछ । त्यस्तै भुई तल्ला र पहिलो तल्लामा करिब १०० वटा पसल कबल रहनेछन् । दोस्रो तल्लामा एयरलायन्स, कार्गो लगायत अन्य कार्यालयहरु रहनेछन् । चौथो र पाँचौमा पशुपतिनाथ देखिने गरी थ्रि स्टार होटेल रहनेछ । सो भन्दा माथि रेष्टुरेन्ट, मिटिङ्गहल, पार्टी प्यालेस आदी रहनेछन् । २४ सै घण्टा सिसिटिभी, गार्ड, टेलिफोन आदीको सुविधा हुनेछ । त्यसै गरी पशुपति दर्शन र एयरपोर्टमा आउने पर्यटकका लागि आवश्यक पिक अप एण्ड ड्रप सहितको थ्रि स्टार होटेल निर्माण गरी सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले भविष्यमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिई प्राथमिक शेयर निष्काशन गर्ने योजना बनाएको छ । यसका साथै कम्पनीले आफ्नो कार्यक्षेत्र थप फराकिलो बनाएर होटेल तथा हस्पिटालिटी क्षेत्रमा काम गर्ने योजना समेत बनाएको छ ।

देशका सात वटै प्रदेशमा एक एक वटा परियोजना विकास गर्नुका साथै नगरकोट र जर्सिङ्गपौवामा सञ्चालन गरिने इको भिलेज/अर्गानिक फार्म हाउस परियोजनामा समेत सहभागी हुने लक्ष लिएको छ ।

कम्पनीले हाल कायम शेयरधनीहरुलाई उक्त परियोजनामा थप लगानी गर्नु पर्ने भएकाले ५७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । अहिले लगानी गर्नेले भोलिका दिनमा दोस्रो बजारबाट थप पूँजीगत लाभ लिन सक्ने भन्दै थप लगानीका लागि आह्वान गरेको हो ।

यस कंचनजंघा हाउजिङले ट्रेड टावर थापाथली, जनता आवास परियोजना अन्तर्गत भैसेपाटीमा १९० वटा अपार्टमेन्ट, दरवारमार्गमा होटल ल्याण्डमार्क, हाइड्रोपावर कम्पनीहरुमा लगानी गरेको छ । गौशालामा निर्माण गर्न लागिएको विजनेस कम्प्लेक्स अहिले थापाथलीमा रहेको ट्रेड टावर पछिको दोस्रो परियोजना हो ।

अहिले निर्माण गर्न लागिएको ट्रेड टावर गौशाला संचालनमा आएको वर्षदेखि औषतमा १५ प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS