काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको ३० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २५ गतेदेखि १० बराबर ३ अनुपातमा एक सय रुपैयाँ अंकित दरमा लाख ३३ हजार ३६३ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।
कम्पनीले हकप्रद शेयर निष्काशन प्रयोजनको लागि असोज १ गते बुक क्लोज गरिसकेको छ । यस आधारमा भदौ ३१ गतेसम्म कायम शेयधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले निष्काशन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले आईआर त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ ।
एक्सेल डेभलपमेण्ट बैंकका सम्पूर्ण शाखा कार्यलयहरु, आस्बा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ । हाल कम्पनीको चुक्तापूँजी ८१ करोड ११ रुपैयाँ लाख रहेको छ ।