IME Life

नेपाल लाइफका सिइओ प्रसाईको राजिनामा स्वीकृत, चौधरीले पाए कायम मुकायमको जिम्मेवारी

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले दिएको राजिनामालाई  सञ्चालक समितिले  कात्तिक २१ गते देखि लागु हुने गरि स्वीकृत गरेको छ । सञ्चालकहरुको अनावश्यक हस्तक्षेप भए पछि उनि लामो समय राजिनामापत्र गोजिमा बोकेर हिडेको चर्चा चल्दै आएको थियो ।

सञ्चालक समितिले उनको राजिनामा स्वीकृत गर्नुका साथै डेपुटी सिइओ सुशिल कुमार चौधरीलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । प्रसाई आफ्नो कार्यकाल ९ महिना पनि पुरा नभई बाहिरिएका छन् । उनलाई माघ २७ गते बसेको सञ्चालक समितिले आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

Prabhu
Crest

त्यस भन्दा अगाडि साउन एक गतेदेखि प्रसाईले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी बहन गर्दै आएका थिए । कायम मुकायमको रुपमा ८ महिना र पुर्ण सिइओको रुपमा ९ महिना सहित जम्मा १५ महिना प्रमुखको रुपमा जिम्मेवारी बहन गरेका छन् ।

चार्टर्ड एउकाउन्टेन्ट प्रसाई बीमा समितिको जागरि छाडेर ४ वर्ष ३ महिना अगाडी नेपाल लाइफ छिरेका थिए । छोटो समयमै प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका प्रसाईले सञ्चालकहरुको अनावस्यक हस्तक्षेप सहन नसके पछि अन्तत बाहिरिएका छन् ।

नेपाल लाइफमा विगत लामो समयदेखि नै सञ्चालकहरुको हस्तक्षेप रहदै आएको पाइन्छ । विवेक झा बाहेक अहिलेसम्म पुर्ण कार्यकाल सहितको सिइओ कोहि पनि छैन । झाले पनि आफ्नो दोस्रो कार्यकाल निकै सकसपुर्ण तरिकाले व्यतित गर्नु परेको बताइन्छ ।

अन्तत : नेपाल लाइफका सिइओ प्रसाईले दिए राजिनामा

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS