IME Life

नारायण नगरपालिकामा बीमा समिति, कोरोना बीमाको दाबी नपाएको भन्दै बीमित आक्रोशित

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले दैलेख जिल्लाको नारायण नगरपालिकामा बीमा सम्बन्धि जनचेतनामुलक अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । बीमा समितिका उप निर्देशक केशव प्रसाद दाहालको संयोजकत्वमा सहायक निर्देशक निश्चल राज बानियाँ र राम कोजुले स्थानीय निकायका जनप्रतिनिधि तथा सरोकारावलाहरु सँग छलफल तथा अन्तर्क्रिया गरेका हुन् ।

Prabhu
Crest

कार्यक्रममा नगरपालिकाका उपमेयर सावित्री मल्ल, वडा अध्यक्षहरु, प्रशासकिय अधिकृत, उद्योगी, व्यवसायी, शिक्षक, बीमा कम्पनीका शाखा प्रमुखहरु, कृषक लगायत ७५ भन्दा धेरैको सहभागिता थियो ।

सहभागीहरुले कृषि बीमाको विषयमा सबैभन्दा धेरै प्रश्न गरेका थिए । त्यस्तै कोरोना दाबीको विषयलाई लिएर सहभागीहरुले दाबी भुक्तानीमा पक्षपात भएको भन्दै आक्रोस पोखेका थिए । एउटै समयमा दाबीका लागि दिइएको निवेदन अनुसार कसैले पाएको र कसैले नपाएको भन्दै दाबी भुक्तानीका लागि तत्काल पहल गर्न उनिहरुले समिति समक्ष अनुरोध गरेका थिए ।

कृषि तथा पशुबीमाका लागि बीमा समितिले तोकेरै पठाएका बीमा कम्पनीले राम्रो सँग काम नगरेको पाइएको छ । सहभागीहरुले यस क्षेत्रमा बीमा कम्पनीहरुले कृषि तथा पशुपन्छी बीमाका लागि प्राथमिकता नदिएको भन्दै गुनासो गरेका छन् । तोकिएको कम्पनीले राम्रो सँग काम नगरेकोले अन्य कम्पनीलाई पठाइदिन उनिहरुले अनुरोध गरेका हुन् । सहभागीहरुलाई कृषि बीमा पोलिसी वार्षिक रुपमा नविकरण गर्नु पर्छ भन्ने कुरा पनि थाहा नभएको पाइएको छ ।

कार्यक्रमलाई संवोधन गर्दै उप मेयर मल्लले स्थानीय निकायले आफ्नो सेवामा बीमालाई कसरी टाइअप गर्न सक्छ त्यसका लागि प्रपोजल लिएर आउन अनुरोध गरेकी छिन् । बीमा समितिले ल्याएको प्रस्तावलाई कार्यान्वयन गर्न आफु तयार रहेको भन्दै प्रतिवद्धता व्यक्त गरेकी छिन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS