SKIP THIS

IK Anniversary
IME Life

बीमा अभिकर्ताको दायित्व र कर्तव्य: सुजित शाहको लेख

SPIL
NIC ASIA

सुजित प्रसाद शाह  । नेपालमा बीमा व्यावसाय दिनानुदिन बढ्दै गइरहेको छ र यसमा बीमा अभिकर्ताको निक्कै नै महत्वपूर्ण  भुमिका रहेको छ।हुनत, बीमा अभिकर्ताबाट नै चल्ने संजालित पेशा हो।यो पेशामा लागेका अभिकर्ताहरुले राम्रै आम्दानी गरेका छन् भने कतिपय अभिकर्ताले सामान्य रुपमा बीमा गराई आफ्नो जीवन यापन गरिरहेका छन्। मुख्यत बीमा व्यावसायमा कतिको क्रियाशील छन् भने कुरामा भर पर्दछ साथै बजारमा भएका धेरै बीमा कम्पनीहरुमध्ये कस्तो प्रकारको कम्पनीको अभिर्कता भई काम गरिरहेका छन् जस्ता कुराहरुले पनि प्रमुख भुमिका निभाएका हुन्छन। जस्तै कम्पनीको अवस्था आर्थिक रुपले कतिको बलियो छ, बीमितले पाउने बोनस दर कस्तो छ, दाबी भुक्तानीको बेला कत्तिको सहज छन् जस्ता कुराले नै महत्वपूर्ण प्रभाव पारेका हुन्छन।

बीमा गर्नुको मुख्य उद्देश्य जोखिम बहन गर्नु नै भएतापनि यसबाट पाउनुपर्ने प्रतिफलको लागि पनि सोच्नु  नित्तान्त  जरुरि छ किनभने बीमा जोखिम बहन गर्नुको साथै स – सानो रकम बचत गर्ने  एक किसिमको माध्यम पनि हो। जसमा बीमितले लगानी गरेका हुन्छन तसर्थ लगानीकर्ताले आफ्नो उच्च प्रतिफलको जहिले पनि अपेक्षा गरेका हुन्छन। बीमा कम्पनीहरुले बीमितबाट प्राप्त भएका रकमलाई बिभिन्न माध्यमद्वारा लगानी गरि नाफाको हिसाबले बीमितलाई बोनस प्रतिफलको रुपमा दिने गर्दछन। तसर्थ बीमा व्यावसायमा प्रमुख लगानीकर्ता बीमित नै हुन् र उनीहरुले पाउने प्रतिफल स्वभाविकरुपले नै बढी हुनुपर्छ भन्ने बुझ्न जरुरि देखिन्छ।

Prabhu
Crest

 बीमा अभिकर्ताले खेल्नु पर्ने भुमिका

 अभिकर्ता भई काम गर्ने व्यक्तिले सर्वप्रथम कम्पनीको बारेमा बुझेर आफ्नो संलग्नता जनायो भने दिर्घकालिन रुपमा आफुलाई परिपक्व राख्न मद्दत गर्दछ किनभने बीमाको क्षेत्र अहिले निक्कै नै प्रतिस्पर्धी तथा चुनौतिको पेशा हुन् थालेका छन्। साथै बीमा गराउदा ध्यान दिनुपर्ने विषयवस्तुहरु :- बीमितलाई बीमाको किसिमको बारेमा, तिर्नुपर्ने प्रिमियम रकम, जोखिम बहन हुने अवस्थाहरु, पाउने बोनस दर र बीमा अवधि जस्ता सबै कुराहरु प्रष्टरुपमा भनिकन मात्रै बीमा गरायो भने पछि आउनसक्ने मतभेदलाई धेरै हदसम्म कम गर्न सकिन्छ ।कतिपय अवस्थामा वीमित पूर्णरुपले आफ्नो बीमा पोलिसीको बारेमा अनभिज्ञ हुन्छन जसले गर्दा बीमा पोलिसी समर्पण गर्दछन। साथै विमित, अभिकर्ता र बीमा कम्पनीहरुबीच द्वन्द सिर्जना हुन् सक्छन।

यस्ता कुराहरुले गर्दा आफु लागेको पेशामा जनमानसबीच विश्वास गुम्न जान्छन भने अर्कोतिर बीमा कम्पनीहरुको बजारको अवस्था खुस्कदै वा ब्रान्ड इमेज घटन गई बीमा प्रति मानिसहरुको हेर्ने दृष्टिकोणले नकारात्मक प्रभाव पार्न सक्दछन।साथै त्रिपक्षिय रुपमा नकारात्मक अवस्था सिर्जना गर्नुको साथै जनमानससहित अर्थतन्त्रमा यी कुराहरुले प्रभाव पार्दछन। फलस्वरूप व्यक्तिको आर्थिक अवस्था कुनै न कुनै रुपमा कमजोर हुन्छ भने अर्कोतिर आपत बिपतमा आउनसक्ने जोखिम बहन हुन् सक्दैन।

यतिसम्म मात्र नभई अभिकर्ताले बीमा गराउने व्यक्ति लक्षित गर्दाखेरी बीमा अबधिभर प्रिमियम तिर्न सक्ने र आर्थिक आवस्थाको बिश्लेसन गरेर परिवारको कुन सदस्यको बीमा गराउदा उपयुक्त हुन्छन भने कुराहरुमा बढी केन्द्रित हुनुपर्दछ। परिवारमा एकजनाको मात्रै बीमा गर्ने अवस्था छ भने मूल अभिभावक तथा उनिप्रति आश्रित व्यक्तिको सबभन्दा पहिले बीमा गर्यो भने उपयुक्त हुन्छ।किनभने कदम-कदाचित ति व्यक्तिलाई केहि भयो भने परिवारका अन्य सदस्यले बीमाबाट पाएको रकमले दैनिकीलाई सहज बनाई आफुलाई भविष्यमा आर्थिकरुपले सबल बनाउन सकिन्छ।अनि त्यसपछि आर्थिक अवस्था हेरेर प्राथमिकताको आधारमा अन्य सदस्यको बीमा गराउन सकिन्छ।

अभिकर्ताले बीमा व्यावसायमा बीमित र बीमा कम्पनि (बीमक) बीच  पुल (सेतु) को काम गर्ने भुमिका निभाएका हुन्छन। जहाँ बीमकले बीमितको जोखिम बहन गर्ने दायित्व निभाउने भुमिका खेल्दछन् भने बीमितको पनि समयमा प्रिमियम तिर्ने दायित्व हुन्छन।साथै बीमा कम्पनिहरुले समय – समयमा तालिम संचालन गरेर अभिकर्ताको संजाललाई बढाउने गर्दछन।अभिकर्ताले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरि बीमा समितिबाट इजाजतपत्र प्राप्त गरिसकेपछि आधिकारिकरुपमा सम्बन्धित बीमा कम्पनीको अभिकर्ता भई काम गर्न पाउछन्। अभिकर्ताले बीमा पोलिसी बिक्रि गर्दा खेरि बीमा कम्पनीको विभिन्न् प्रकारका बीमा पोलिसिहरुको बारेमा सम्पूर्ण जानकारीको तथा बिशेसताहारुको सुक्ष्म अध्ययन गरि बजारमा लक्षित व्यक्ति कहा गइ सहज रुपमा बीमा गराउन सकिन्छ। बीमा व्यावसायले मुख्य सिद्धान्त नै विश्वासको परमलक्षित उदेश्य बोकेको हुनाले जहिले पनि पूर्ण रुपले सहि जानकारी तथा विवरण प्रति तटस्थ हुनु पर्दछ अनि मात्रै बीमित र बीमक बीच आफुलाई एउटा विश्वासको पात्र बनाउन सकिन्छ।

बीमितले बुझ्नु पर्ने कुरा

बीमितले पनि बीमा गराउदा खेरि बीमा सम्बन्धि सबै विवरणको जानकारी प्राप्त गरिसकेपछि मात्रै बीमा गराउनु पर्दछ।  बीमा गर्दा तिन महत्वपूर्ण विषयवस्तु बुझ्नु पर्दछ। पहिलो तिर्नुपर्ने प्रिमियम रकम, दोस्रो जोखिम बहन हुने क्षेत्र तथा अवस्थाहरु र तेस्रो पाउने बोनस दर। त्यसपछि बीमा कम्पनीको अवस्थाको  बारेमा पनि बिष्लेसन गर्नु उति नै महत्वपूर्ण विषयवस्तु हुन् किनभने बीमा गरिसकेपछि बीमक संग बीमितको करार लामो समयावधि सम्म हुन्छ। जसले गर्दा बिचमा आफुलाई कतिको राम्रो सेवा दिन सकिन्छ भने बिषयमा पनि केन्द्रित हुनु जरुरि देखिन्छ। अर्को महत्वपूर्ण कुरा बीमा प्रिमियम अरु कम्पनि भन्दा कम वा सस्तो र बोनस दर बढी अथार्त प्रिमियम कम र बढी बोनस दर भएको कम्पनिसंग मात्रै बीमा पोलिसी खरिद गर्यो भने आफुलाई बढी प्रतिफल प्राप्त हुनुको साथै दाबी भुक्तानीको बेला पनि त्यति  नै सहज हुन्छ। किनभने राम्रो कम्पनीले बिमितलाई लक्षित गरि यस्ता कुराहरुमा पनि आफ्नो व्यावसायलाई केन्द्रित गरेका हुन्छन।

बीमितले अर्को महत्वपूर्ण बिषयवस्तु बुझ्नु पर्ने कुरा सेवामुलक कम्पनिकहा आफ्नो बीमा गरायो भने अति नै उतम मानिन्छ। बजारमा प्रायजसो बीमा कम्पनीहरु नाफामा आधारित छन् तसर्थ ग्राहकको सेवाप्रति बढी केन्द्रित भएको कम्पनीमा बीमा गरायो भने आफ्नो लगानी सहि ठाउमा भएको महसुस हुन्छन। कतिपय अभिकर्ताले बीमा पोलिसीको बारेमा सबै विवरण दिन नसक्ने अवस्थामा स्वंम बीमा कम्पनीमा गएर वा फोनबाट सम्पूर्ण विवरण प्रष्ट रुपमा प्राप्त गरिकन बीमा गराउनु पर्दछ। प्रतिस्पर्धीको बजारमा राम्ररी सौदाबाजी गरेर आफुलाई आवश्यकता अनुसारको बीमा पोलिसी र सेवा किन्नु पर्दछ।

 अन्त्यमा

बीमा व्यावसायमा बीमा अभिकर्ताको महत्वपूर्ण भुमिका रहेको छ यसमा कुनै दुइमत छैन। जुन प्रशंसक र सराहनीय पनि हो। तर पनि अभिकर्ताले जहिले पनि बीमितको हक हित तथा राम्रो प्रतिफललाई नै मध्यनजर गरि आफ्नो पेशामा अग्रसर हुनु  पर्दछ।  किनभने यो क्षेत्रमा बीमितको प्रत्यक्ष लगानी रहेको छ। तसर्थ  काम गर्ने कालु मकै खाने भालु  जस्ता उखानको आभास बीमाको क्षेत्रमा हुन् सक्दछ। साथै बीमा अभिकर्ता पेशा आर्थिक लाभ प्राप्त गर्ने भए तापनि यो एउटा धर्म र पुण्यको पेशा पनि हो भने बुझ्नु पर्दछ। उदाहरणकोलागि  सामान्य आर्थिक अवस्था भएको परिवारमा एक जनाको बीमा गरिदिएको छ र बीमितको केहि कारणले मृत्यु भयो भने दाबी भुक्तानीको बेलामा त्यस परिवारको लागि अभिकर्ता कुनै न कुनै रुपमा भगवानको भुमिका नै निभाएको भने अनुभूति हुन्छ र ति परिवार उक्त अभिकर्ता प्रति सधै नै आभारी हुन्छन।

यस प्रकारले नै बीमाको क्षेत्रमा बीमा अभिकर्ता, बीमित र बीमकले खेलेको भुमिका एकदमै नै महत्वपूर्ण छन् जसमा यी तिनै पक्षले आफ्नो जिम्मेबारी जहिले पनि स्वच्छ तथा जिवानुरहितको हिसाबले खेल्नु पर्दछ अनि मात्रै उच्च प्रतिफल प्राप्त भई सबैले आर्थिकरुपमा सबल हुने अवसर प्राप्त गर्न सक्दछन। फलस्वरूप बीमा व्यावसाय एउटा बिस्वासको पात्र बन्न सफल हुन्छन भने देशले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक  बृद्धिदर गर्ने मौका प्राप्त गर्दछ। व्यक्तिको विकाश नभई, घरको विकाश हुदैन , घरको आर्थिक अवस्था मजबुत भयो भने समाज आर्थिक रुपले बलियो हुन्छन, समाज सबल भयो भने नगर र नगर सक्षम भयो भने देश आफैमा नै पूर्ण रुपमा विकसित हुन्छन। देश विकाशमा बीमाले पनि उतिकै महत्वपूर्ण भुमिका निभाउन सकिन्छ भन्ने सबैले बुझ्नु नितान्त जरुरि छ र बीमा व्यावसायलाई सबै क्षेत्रबाट लागेर पूर्ण रुपले स्वस्थ्य बनाउनु सबै जनाको उतरदायित्व हो भने कुरा बुझ्नु पर्दछ।

 (शाह राष्ट्रिय बीमा संस्थानमा सहायक व्यवस्थापक पदमा कार्यरत छन् )

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS