IME Life

भाटभटेनी सुपरस्टोर्समा पनि क्यूआर मार्फत डिजिटल भुक्तानी गर्न सकिने

SPIL
NIC ASIA

काठमाण्डौं । भाटभटेनी सुपर मार्केट टंगालमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान ग्राहकले किनमेल गर्न सक्ने भएका छन् । यसअघि नगद वा कार्ड मार्फत मात्र भाटभटेनीमा भुक्तानी गर्नुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन् ।

बिहिबार टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच क्यूआर कोड उद्घाटन गरे । भाटभटेनीमा प्रभु बैंक मार्फत क्यूआर स्क्यान राखिएको छ । जुनसुकै बैंकको मोबाइल बैंकिंग एप्स वा ई सेवा मोबाइल एप्सको क्युआर स्क्यान सुविधाको प्रयोग गरेर ग्राहकले किनमेल गर्दा भुक्तानी गर्न सक्ने भएका हुन् ।

Prabhu
Crest

भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रबद्र्धन गर्दै २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट बनाउने योजना रहेको बताए ।

फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन् । बैंक तथा वित्तीय संस्था एवं भुृक्तानी सेवा प्रदायकका डेढ करोड बढि मोबाईल बैंकिङ प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS